रुपन्देहीमा जङ्गली च्याउ खाँदा चार बिरामी

प्रकाशित मिति: July 11, 2020 12:41 pm

काठमाडौँ – रुपन्देहीको रोहिणी गाउँपालिका – १ मा विषालु च्याउ खाँदा एकै परिवारका चार जना बिरामी परेका छन् । शुक्रबार साँझ जङ्गलबाट ल्याइएको च्याउ खाँदा रोहिणी – १ निवासी ३० वर्षीया सहनाज खातुन, २० वर्षीया मसिहुस निसा, १६ वर्षीया सहिदा खातुन र १० वर्षीय समिर अन्सारी बिरामी भएका हुन् ।

उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको र सामान्यावस्था रहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार बैदवारले जानकारी दिनुभयो । च्याउ खाएपछि उनीहरुलाई बान्ता भइरहेपछि उपचारका लागि अस्पताल ल्याइएको थियो ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......