आज ७० कोरोना संक्रमित थपिए

प्रकाशित मिति: July 11, 2020 6:42 pm

काठमाडौं – पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ३ हजार ६४८ जनामा पिसीआर परीक्षणमा ७० जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ ।

आज काठमाडौंमा ३ जना संक्रमित थपिएका छन् ।मन्त्रालयका अनुसार सोमबार देशभर २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ८ हजार ४४२ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।आज ४ सय ४२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

सम्बन्धित शीर्षकहरु

आजबाट अन्त्य भयो लकडाउन

काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथामका लागि लगाएको......

स्वतन्त्र राष्ट्रिय अभियान नेपालद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

हरेक आन्दोलन र अभियानका कार्यक्रमहरु फरक शैलीमा गर्दै आएको स्वतन्त्र राष्ट्रिय अभियान, नेपालले हातैले......