ब्रेकिङ न्युज

ट्वाक्क–टुक्क रिटर्न्समा आउँदै छन् “मिस्टर फन्नी”काे रूपमा ढकाल

प्रकाशित मिति: December 5, 2016 3:24 pm

काठमाडौ– नेपाली हांस्य सिरियलको इतिहासमा लामो भागको अत्यन्त चर्चित सिरियल तितो–सत्यमा छन्दमा गाउने कलाकार छन्दे भनेर चर्चामा आएका कलाकार गोपाल ढकाल छन्दे अव नयाँ सिरियल ट्वाक्क–टुक्क रिटर्न्समा मिस्टर फन्नी को रुपमा देखा परेका छन्।
नयाँ स्टाइल तथा फरक भूमिकामा देखिएका कलाकार छन्देको गेटअप पनि नयाँ देखिएको छ। चर्चित टेलिभिजन स्टार दिनेश डीसी द्वारा निर्देशित कुनैबेला नेपाल टेलिभिजनमा अत्यन्त मन पराइएको ट्वाक्क–टुक्क सिरियलको नयाँ भर्सनको रुपमा केही समय यतावाट कान्तिपुर टेलिभिजनवाट हरेक शुक्रबार बेलुका ७.३० बजे प्रसारण हुनथालेको छ।
यो हप्तासम्म नौ भागसम्म प्रसारण भैसकेको ट्वाक्क–टुक्क रिटन्र्सको भाग आठ बाट मिस्टर फन्नीको नौलो भूमिकाबाट कलाकार छन्देले प्रवेश पाएको हो। अब कलाकार छन्देलाई सवैले मिस्टर फन्नी भन्न थालिएको कलाकार गोपाल ढकाल छन्दे ले फेवा टाईम्सलाई बताए ।

सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी, हरेक साता सञ्चार भेटघाट गरिने

कात्तिक २६, काठमाडौँ – प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा......

काङ्ग्रेसका नेता उप्रेतीको ८४ वर्षको उमेरमा निधन

कात्तिक २६, काठमाडौँ – नेपाली काङ्ग्रेसका पूर्वमहासमिति सदस्य एवं धादिङ जिल्लाका नेता तेजप्रसाद......