राष्ट्रिय फुटबल रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास

प्रकाशित मिति: January 5, 2017 2:22 pm

पुस २१, बेसीसहर – पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर आउनुभएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् ।
आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गर्नुभएका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि औपचारिकरुपमा सन्यास लिएको बताए ।
विसं २०४६ बाट काठमाडौँस्थित ब्वाइज स्पोट्र्स क्लबमार्फत खेलको सुरु गर्नुभएका मानन्धरले मनाङ मस्र्याङ्दी, एनआरटीलगायतका क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भएका थिए । उनले २०५९ मै व्यावसायिक खेल जीवनबाट सन्यास लिएका थिए ।
रेफ्री बनेपछि हालसम्म ४७ प्रतियोगितामा ९७ खेल खेलाउनु भएका उनले अब नयाँ पुस्तालाई स्थान दिनको निम्ति आफूले खेल जीवनबाटै सन्यास लिएको बताए । उनको सन्यासको घोषणा पछि खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै त्रिवेणी क्लबले सम्मान गरेको थियो ।

सम्बन्धित शीर्षकहरु

चारवटा मतपत्र बेग्लाबेग्लै रङ्गको व्यवस्था गर्नुस् : राजपा

असोज ८, काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको......

चाडबाडमा भरपर्दो सुविधा दिन आयोगको निर्देशन

असोज ८ काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन......

Displaying hari-om.gif