रुस्लान कप क्रिकेट मङ्गलबारदेखि

प्रकाशित मिति: January 6, 2017 6:43 pm

पुस २२, काठमाडौँ – काठमाडौँ क्रिकेट टे«निङ सेन्टरको आयोजनामा रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण यही पुस २६ गतेदेखि सञ्चालन हुने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा देशभरबाट १६ टोलीले प्रतिस्पर्धा गर्ने आयोजक समितिका कार्यकारी निर्देशक ज्ञानेन्द्र मल्लले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), नेपाल पुलिस क्लब, खहरे क्रिकेट क्लब धादिङ, एपिएफ धनगढी, न्यु होराइजन क्रिकेट क्लब भैरहवा तथा अनुभूति एजुकेसन फाउन्डेसन वीरगन्ज सहभागी हुने छन् ।
त्यसैगरी पिसी फाइटर ११, रोयल पिसी फाइटर, हिमालयन क्रिकेट एकेडेमी, न्यु राइजिङ स्टार, कुलेश्वर क्रिकेट क्लब, रुस्लान केसिटिसी, नेपाली राइनोज, हिमालयन ह्वाइट हाउस कलेज र नेपाल क्रिकेट स्कुलले पनि भाग लिनेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु तीन लाख पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र तथा उपविजेताले रु दुई लाख प्राप्त गर्नेछन् । सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार पाउनेछन् ।
त्यस्तै म्यान अफ दि सिरिज, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर, प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित हुने खेलाडीले गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता आगामी माघ ४ गतेसम्म चल्नेछ ।

सम्बन्धित शीर्षकहरु

निर्वाचन बहिष्कार गर्दैनौँ : उपाध्यक्ष त्रिपाठी

चैत १५, नेपालगन्ज – तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन......

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयनोन्मुख’

चैत १५, काठमाडौंँ – प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले......