क्रिकेट प्रतियोगिताका विजयी पुरस्कृत

प्रकाशित मिति: January 7, 2017 7:11 pm

पुस २३, काठमाडौँ – युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपालीले दोस्रो पाकिस्तानी राजदूत क्रिकेट प्रतियोगिताका विजयी खेलाडीलाई आज यहाँ आयोजित एक समारोहमा ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरे ।
क्रिकेट प्रतियोगिताका माध्यमबाट नेपाल र पाकिस्तानबीचको जनस्तरको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित तीनदिने प्रतियोगिताका विजेता र उपविजेता खेलाडीलाई मन्त्री श्रीपालीले ट्रफी, पदक र नगद पुरस्कार प्रदान गरेका हुन् ।
काठमाडौँ उपत्यकाका आठवटा क्लबका १२० खेलाडीले प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा पिसी फाइटर्स क्लबले प्रथम स्थान हासिल ग¥यो भने ग्रेट हिमालयन क्रिकेट क्लब उपविजेता भयो ।
प्रथम हुन सफल पिसी फाइटर्स क्लबले ट्रफी, स्वर्ण पदक र नगद रु ३० हजार प्राप्त ग¥यो भने उपविजेता टिमले रनरअप ट्रफी, कास्य पदक र नगद रु २० हात पा¥यो ।
त्यसैगरी मन्त्री श्रीपालीले उत्कृष्ट ब्याटस्म्यान उमेश चन्द, उत्कृष्ट अङ्क ल्याउन सफल वशन्त रेग्मी, म्यान अफ द टुर्नामेन्ट महेश खत्री र म्यान अफ द म्याचको उपाधि हासिल गरेका विनोद खड्कालाई पनि पदक र नगद पुरस्कार प्रदान गरे ।
त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले प्रतियोगितामा कसैको पनि हार नभएको भन्दै त्यसले पाकिस्तान र नेपालबीचको ५७ वर्ष पुरानो औपचारिक कूटनीतिक समबन्धलाई अझ प्रगाढ तुल्यान बल मिलेको बताए ।
उनले निकट भविष्यमा पाकिस्तानी खेलाडीलाई नेपालमा र नेपालीलाई पाकिस्तानी मैदानमा उतार्ने योजना सार्वजनिक गरे ।

सम्बन्धित शीर्षकहरु

बोलेरो त्रिशूलीमा खस्दा दुई बेपत्ता, चार घाइते

फागुन ९, चितवन – चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप सोमबार बिहान त्रिशूली नदीमा खस्दा दुईजना......

‘मंगलबारको संसद् बाटै विधेयक अघि बढाउँछु’ : प्रधानमन्त्री दाहाल

फागुन ९, काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन......