पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा निःशुल्क गर्न निर्देशन

प्रकाशित मिति: January 7, 2017 7:19 pm

पुस २३, काठमाडौँ – महिलामा सबैभन्दा बढी देखिने पाठेघरको मुखको क्यान्सर रोकथामका लागि देशभरका सरकारी अस्पतालले निःशुल्क परीक्षण सेवा दिने भएका छन् ।
स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पताललाई पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा (प्याप स्मेयर टेस्ट) निःशुल्क उपलब्ध गराउन शुक्रबार निर्देशन दिएको छ । नेपालका महिलामा देखिने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) सबैभन्दा बढी देखिएको छ ।
मन्त्रिपरिषद्को गत असोज २२ गते बसेको बैठकले देशभरका सबै सरकारी अस्पतालबाट प्याप स्मेयर परीक्षण निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा ल्याउन मन्त्रालयले शुक्रबार मातहतका सबै क्षेत्रीय कार्यालयलाई पत्राचार गरेको मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।
भक्तपुर क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा सृष्टि प्रजापतिका अनुसार यस सङ्क्रमणलाई प्रि क्यान्सर भनिन्छ । यसको भाइरसले पाठेघरको मुखलाई लक्षित गरी आक्रमण गर्छ । समयमै सङ्क्रमण पत्ता लगाउन नसके आठ÷दश वर्षपछि क्यान्सरमा परिणत हुन्छ । “सङ्क्रमण भए÷नभएको प्याप स्मेयर टेस्ट (गर्भाशय स्राव परीक्षण) गरेर पत्ता लगाउन सकिन्छ,” प्रजापतिले भने ।
परिक्षण पाँच मिनेटदेखि १५ मिनेटमा गर्न सकिन्छ । प्याप स्मेयर गर्दा दुई दिन अगाडिदेखि यौन सम्पर्क गर्नु हुँदैन । साथै सो परीक्षण महिनावारी भएका बेला गर्न मिल्दैन । परीक्षणका लागि सकभर एक हप्ताअघि एन्टिबायोटिक औषधि खानु हुँदैन । परीक्षण ३५ वर्षदेखि ६० वर्षका महिलाले वर्षको कम्तीमा एकपटक अनिवार्य रूपमा गर्नुपर्छ । परीक्षणले भविष्यमा ठूलो धनजनको क्षति हुनबाट बचाउँछ ।
चिकित्सकका अनुसार सो परीक्षण पहिला छ महिनाको फरकमा तीनपटक गर्नुपर्छ । तीनैपटक परीक्षणमा नकारात्मक देखिएमा फेरि एक वर्षपछि परीक्षण गर्नुपर्छ । यसमा पनि नकारात्मक देखिएमा तीन वर्षपछि परीक्षण गराउनुपर्छ । यसमा पनि नकारात्मक देखिएमा पाँच वर्षपछि परीक्षण गर्नुपर्छ ।
यसको प्रक्रिया लामो भएकाले बीचमा परीक्षण गर्न नै छाड्ने गरेको पाइन्छ । तर परीक्षण गर्न छाड्न नहुने डा प्रजापति बताउँछन् । क्यान्सर जतिबेला पनि हुनसक्ने भएकाले यसतर्फ सचेत हुन उनको भनाइ छ ।
भरतपुर क्यान्सर अस्पताललाई शैक्षिक प्रतिष्ठानमा लैजाने
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक प्रतिष्ठानका रुपमा लैजान कार्य थाल्ने निर्णय गरेको छ ।
आज राजधानीमा बसेको सञ्चालक समितिको बैठकले क्यान्सर अस्पतालमा दक्ष जनशक्ति अभाव भएकाले पहिलेदेखिकै योजनालाई मूर्तरुप दिन कार्य थाल्ने निर्णय गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा प्रकाशराज न्यौपानेले आफूहरुसँग २० वर्षको अनुभव भएकाले यसलाई शैक्षिक प्रतिष्ठानका रुपमा लैजान स्वास्थ्यमन्त्री गगनकुमार थापा सकारात्मक भएको र योजना बनाएर ल्याउन भनेको जानकारी दिए ।
आज बसेको बैठकले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाउने निर्णय गरेको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको गुनासो बढेपछि अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा सो व्यवस्था लागू गर्न लागिएको उनले बताए ।
मन्त्रिपरिषद्ले यही पुस २१ गते रिक्त छ जना सदस्य मनोनयन गरेर क्यान्सर अस्पतालको सञ्चालक समितिलाई पूर्णता दिएपछि नौ महिनापछि आज सञ्चालक समितिको बैठक बसेको हो । अस्पतालका कार्यकारी निर्देशक डा चीनबहादुर पुनले भने, “निजी क्लिनिकमा जान रोक लगाएसँगै अस्पतालको विस्तारित सेवा (इएचएस) लागू गर्ने तयारी गरेका छौँ । क्यान्सर अस्पतालको विसं २०५५ मा बनेको नियमावलीले निजी क्लिनिकमा काम गर्न बन्देज लगाएको थियो । त्यसकारण उक्त निर्णय कार्यान्वयन गर्न सहज हुनेछ ।”
अस्पताल सुधारका लागि सञ्चालक समितिले आवश्यक पेटस्क्यान मेसिन किन्न मन्त्रालयसँग सहयोग अनुरोध गर्ने पनि निर्णय गरेको छ । सरकारले अस्पताललाई उक्त मेसिन किन्न बजेट छुट्याएको भए पनि कानुनी बाधाका कारण अप्ठ्यारो भएपछि मन्त्रालयलाई नै अनुरोध गर्ने निर्णय गरेको अध्यक्ष डा न्यौपानेले बताए ।
नेपालको रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले वार्षिक रुपमा एक लाख बढी बिरामी देशभर र भारतबाट पनि ओपिडीमा जाँच गराउन आउने गर्छन् ।

सम्बन्धित शीर्षकहरु

माओवादी बैठकमा नारायणकाजीको आक्रोश : बन्दुक नबोकेको प्रस्टीकरण कहिलेसम्म दिनुपर्ने ?

साउन ७, काठमाडौं – माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय......

मधेसी दललाई चुनावमा जान भाजपाको सुझाब

साउन ७, काठमाडौँ – भारतीय जनता पार्टी (भाजपा)ले नेपालको राष्ट्रिय जनता पार्टी (राजपा)लाई २ असोजको स्थानीय......

Displaying hari-om.gif