खप्तड गोल्डकप : दिल्ली युनाईटेड विजयी

प्रकाशित मिति: January 7, 2017 8:10 pm

पुस २३, धनगढी – यहाँ जारी ‘सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दिल्ली युनाइटेड विजयी भएको छ ।
धनगढी रङ्गशालामा भएको खेलमा काठमाडौँको ब्वाइज युनियनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै दिल्ली युनाइटेड विजयी बनेको हो । जितसँगै दिल्ली युनाइटेडले अन्तिम आठमा आफ्नो स्थान बनाएको छ ।
निर्धारित समयसम्म दुवै टिमले एक– एक गोलको बराबरी खेलेपछि पेनाल्टी सुटआउटबाट निर्णय लिइएको हो । प्रतियोगिताअन्तर्गत आइतबार आयोजक सुदूरपश्चिम–११ र भारतको पञ्जाव फुटबल टिमबीच खेल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु : नेम्बाङ

जेठ १६, पाँचथर – नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस......

“पुनः मतदान हुँदैन, मतगणना सुरु गर”

जेठ १६, चितवन – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु......

Displaying hari-om.gif