कस्तो केटा मन पर्छ भनेर मिलनलाई यसरी जिस्काए इसकले (भिडियो)

प्रकाशित मिति: January 7, 2017 9:48 pm

काठमाडौँ – गायक इसक राई गायिका मिलन अमात्यको नजरमा राम्रो बन्ने प्रयास गरिरहेका छन् । आफ्नो बानी ब्यहोरा बताउँदै तिमीलाई कस्तो केटा मन पर्छ भन्दै सोधिरहेका छन् । तिम्रोसामु नम्बर वान हिरो बन्नेछु भन्दै उनी आफ्नो रवाफ देखाउँदैछन् ।
वास्तवमा यी सबै गायक इसकको सांगीतिक प्रस्तुति “मै त हुँ”मा समावेश शब्दहरू हुन् । विक्रम राईको शब्द तथा संगीतका साथै अमोस तामाङको एरेन्जमा उक्त गीतमा इसक राई र मिलन अमात्यले स्वर भरेका छन् ।
संगीता राई र राजकुमार थापाको अभिनय रहेको गीतको भिडियोलाई भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् भने निशान घिमिरेको सम्पादनमा प्रेम लामा गोफ्लेले निर्देशन गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif