चिसो बढेपछि १५ दिनका लागि विद्यालय बन्द

प्रकाशित मिति: January 8, 2017 9:54 am

पुस २४, रुकुम – लगातारको शीतलहर र चिसोसँगै जाडो बढेपछि जिल्लाका सबै सामुदायिक विद्यालय १५ दिनका लागि बन्द भएका छन् ।
सामुदायिक विद्यालयमा विपन्न, दलित र सर्वसाधारणका बालबालिका धेरै सङ्ख्यामा रहेको र उनीहरुलाई न्यानो कपडाको अभावमा समस्या सिर्जना भएपछि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
विद्यालयको वार्षिक पात्रोअनुसार बर्खे बिदामा कट्टी हुने गरी १५ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी पूर्णबहादुर अछामीले जानकारी दिए ।
जिल्लामा सञ्चालन भइरहेका विद्यालयले अर्धवार्षिक परीक्षा सकेर विद्यालय बन्द गरेको उनले बताए । यहाँका बोर्डिङ स्कुल भने सञ्चालनमा रहेका छन् ।
रुकुममा अहिले ६५० सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । केही पहिले पानीसँगै हिमपात भएपछि अहिले जिल्लामा जाडो बढ्दै गएपछि सर्वसाधारणको जनजीवन पनि प्रभावित भएको छ । जाडोका कारण सेवाग्राहीको सरकारी कार्यालयमा उपस्थिति पनि न्यून देखिएको छ ।

सम्बन्धित शीर्षकहरु

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif