फेसबुके लभले अप्ठ्यारोमा पार्यो गायक बानियाँलाई

प्रकाशित मिति: January 8, 2017 9:04 pm

काठमाडौँ – अहिलेको यो परिस्थितिमा फेसबुक नचलाउने सायदै होलान् । यही फेसबुकको सही सदुपयोगले मानिसलाई निकै नै फाइदा पुर्याएको छ भने कतै यसले धेरै नै नकारात्मक प्रभाव समेत पारेको छ ।
अझ फेसबुकबाट केटा र केटीबीच माया बस्ने त परम्परा जस्तै नै बनिसकेको छ । कोहीको यही मायाप्रेम वैवाहिक जीवनमा पनि परिणत हुन्छ त कसैको केही दिनमै टुट्छ तर अधिकांशको माया केही दिनको नै हुन्छ । त्यस्तै फेसबुकबाट माया गाँसेका गायक राजकुमार बानियाँलाई यही मायाले अप्ठ्यारोमा पारेको छ ।
पोखरेली युवतीसँग फेसबुकबाट माया गाँसेर भेट्न जाँदा मोबाइल अफ भएको भन्दै गीत गायका छन् गायक बानियाँले । आजभोलीको प्रसंंगलाई शब्द तथा लयमा ढाली गायिका राधिका हमालसँग उनले आफ्नो गीत फेसबुक सार्वजनिक गरेका हुन् ।
गायक स्वयम्को शब्द तथा संगीत रहेको गीतको भिडियोमा शेरबहादुर गुरुङ र रश्मी तामाङले अभिनय गरेका छन् भने भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन् । साथै भिडियोलाई दुर्गा पौडेलले छायाँकन गरेका हुन् भने शंकर बि.सीले निर्देशन गरेका हुन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् 

सम्बन्धित शीर्षकहरु

निर्वाचन बहिष्कार गर्दैनौँ : उपाध्यक्ष त्रिपाठी

चैत १५, नेपालगन्ज – तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन......

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयनोन्मुख’

चैत १५, काठमाडौंँ – प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले......