सुत्केरी भएको १७ दिनमै घुम्न हिँडिन् करिना

प्रकाशित मिति: January 9, 2017 11:19 am

एजेन्सी –एउटी महिला सुत्केरी भएपछि कति दिनसम्म घर भित्रै बस्छिन् होला ? कम्तिमा एक महिनासम्म जुनसुकै समुदायका महिलाले पनि घरमै बस्ने चलन हुन्छ । तर, बलिउड नायिका करिना कपुर सुत्केरी भएको १७ दिनमै ‘गर्ल ग्याङ’को साथमा घुम्न निस्केकी छिन् ।
घुम्नका लागि उनलाई साथ दिएका छन् उनकी दिदी करिश्मा कपुर र अर्की नायिका मलाइका अरोरा र अमृता अरोराले । करिनाले रेड गाउनमा छिन् भने उनकी दिदी करिश्मा पिंक टिसर्टमा छिन् । घुम्ने क्रममा बान्द्रामा उनीहरुको भेट ज्याकलिन फर्नाडिससँग पनि भएको थियो । पछिल्लो पटक आमा बन्नु अगाडी करिना श्रीमान सेफ अलि खानसँगै डिनरमा सहभागी भएकी थिइन् ।

सम्बन्धित शीर्षकहरु

दार्जिलिङमा अझै नाकाबन्दी रहे जनता भोकभोकै मर्ने सम्भावना

साउन १३, काठमाडौँ – पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन......

राष्ट्रपति–उपराष्ट्रपतिको तलबभन्दा सुविधा बढी : नौ वर्षमा दोब्बर

साउन १३, काठमाडौं – राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब......

Displaying hari-om.gif