नेपाली विद्यार्थीलाई अमेरिकी अवार्ड

प्रकाशित मिति: January 9, 2017 2:52 pm

पुस २५, काठमाडौँ – नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्राप्त भएको छ ।
काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेकी हुन् ।
सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरिरहेकी छन् । विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ ।
काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल (काभ्रे) बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेका थिए । उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गरेकी छन् ।

सम्बन्धित शीर्षकहरु

‘प्रशासन र चिकित्सक दुवै दोषी’

वैशाख १६, काठमाडौँ – मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको......

निर्वाचनको विकल्प छैन : मन्त्री थापा

वैशाख १६, भक्तपुर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प......

Displaying hari-om.gif