पन्ध्रौँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र

प्रकाशित मिति: January 9, 2017 6:38 pm

पुस २५, पोखरा – सहारा क्लब पोखराको आयोजनामा आगामी माघ ४ देखि १५ गतेसम्म पोखरा रङ्गशालामा हुने १५औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको तयारी तीव्र पारिएको छ ।
हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुन लागेको सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी १२ टिमको सहभागिता रहनेछ ।
‘खेलकुदको विकासमा सहकार्य गरौँ पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने मूल नाराका साथ हुन लागेको सो प्रतियोगितामा कुल रु एक करोड सात लाख ८२ हजार आम्दानी र रु ८२ लाख ९२ हजार ३०० खर्च हुने क्लबका अध्यक्ष वीरभद्र आचार्यले जानकारी दिए ।
प्रतियोगिताबाट बचत भएको रकम क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गर्दै आएको सहारा एकेडेमीमा खर्च गरिने बताएको छ ।
एकेडेमीमा हाल १६ जिल्लाका २८ जना कठिन र विपन्न अवस्थाका बालकलाई निःशुल्क शिक्षादीक्षा र स्वास्थ्य सुविधा प्रदान गरिँदै आएको छ ।

सम्बन्धित शीर्षकहरु

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु : नेम्बाङ

जेठ १६, पाँचथर – नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस......

“पुनः मतदान हुँदैन, मतगणना सुरु गर”

जेठ १६, चितवन – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु......

Displaying hari-om.gif