ट्रम्प सरकारसँग नीतिगत सुधारका लागि सुडानको आग्रह

प्रकाशित मिति: January 9, 2017 8:51 pm

पुुस २५, खार्तुम – अमेरिकामा अब बन्न लागेको डोनाल्ड ट्रम्पको सरकारसँग नीतिगत सुधारका लागि सुडानले आग्रह गरेको छ ।
सुडानमाथि संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दी पनि अब बन्ने नयाँ सरकारले हटाइदिने अपेक्षा आफूहरुले गरेको जानकारी पनि सुडानको सरकारले दिएको छ ।
हामीले अमेरिकामा अब बन्ने नयाँ सरकारसँग बिभिन्न अपेक्षा गरेका छौँ र यो सरकारको समयमा सुडान अमेरिका सम्बन्धमा नयाँपनको अपेक्षा हामीले गरेका छौँ, सुडानका विदेश राज्यमन्त्री कमल एदिनले आइतबार बताएका छन् ।
एक विज्ञप्तिमार्फत उनले अमेरिकाले आफ्नो देशमा लगाउदै आएको नाकाबन्दीमा पनि पुनर्विचार गर्ने र यस समयमा सुडान अमेरिका सम्बन्धमा आमूल परिवर्तन हुने अपेक्षा आफूले गरेको पनि उनले बताएका छन् ।
साथै उनले सुडानले आतंकवादका विरुद्धमा र अवैध रुपमा मानवीय ओसारपसारका बिरुद्धमा पनि अमेरिकासँग आगामी दिनमा मिलेर कामगर्ने पनि जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

मंसिर ३, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको......

कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

मंसिर २, लमजुङ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने......

Displaying hari-om.gif