जहाँ हत्या गरे पाइन्छ पुरस्कार

प्रकाशित मिति: January 10, 2017 1:20 pm

मानिसको हत्या गर्नु ठूलो अपराध हो, जसको गम्भीर सजायँ भोग्नुपर्छ । कानुनले मानव हत्यालाई सख्त रुपमा बन्देज गरेको हुन्छ र सरकारले हत्यारलाई खोजीखोजी पक्रिएर जेलमा हाल्दछ । जन्मकैदसम्मको सजायँ छ, हामीकहाँ । तर यो दुनियाँमा यस्तो देश पनि छ, जहाँ सरकारले नै मानिसको हत्या गर्ने छुट दिन्छ र हत्यारालाई सजायँ दिनुको साटो उल्टै पुरस्कार दिन्छ ।
हो, हत्यारालाई दण्डको साटो पुरस्कार दिने व्यवस्था एसियाली मुलुक फिलिपिन्समा रहेको छ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुट्रेटले लागूऔषध कारोबारीको हत्या गर्नका लागि पुलिस तथा आमजनतालाई पूर्ण रुपमा छुट दिएका छन् ।
लागूऔषध कारोबारीको हत्या गर्नेलाई एक सय डलर पुरस्कार दिइन्छ । लागूऔषध अपराधीलाई मार्न सरकारले उक्साएसँगै यसको नतिजा पनि निस्किरहेको छ । गत जुलाई यतामात्रै ६ हजार भन्दा धेरै संदिग्ध लागूऔषध कारोबारीहरुको हत्या भइसकेको छ । त्यस्तै जनता र पुलिसबाट मारिने डरले ७० हजार भन्दा धेरै लागूऔषध अपराधीले आत्मसमर्पण गरिसकेका छन् । यसपछि पनि कत्लेआमको सिलसिला जारी छ ।
डेलीन्यूजका अनुसार संयुक्त राष्ट्रसंघले यसलाई मानव अधिकार हननको मामिला भन्दै आलोचना गरेको छ । तर राष्ट्रपति रोड्रिगोले भने राष्ट्रसंघको यस्तो आरोपले आफूलाई कुनै फरक नपार्ने बताएका छन् ।
स्मरण रहोस्, राष्ट्रपति रोड्रिगोले हालै भ्रष्टाचारीलाई हेलिकप्टरबाट खसालेर मार्ने अभिव्यक्ति दिएपछि चर्चामा आएका थिए ।

सम्बन्धित शीर्षकहरु

बोलेरो त्रिशूलीमा खस्दा दुई बेपत्ता, चार घाइते

फागुन ९, चितवन – चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप सोमबार बिहान त्रिशूली नदीमा खस्दा दुईजना......

‘मंगलबारको संसद् बाटै विधेयक अघि बढाउँछु’ : प्रधानमन्त्री दाहाल

फागुन ९, काठमाडौं – मधेसी मोर्चाले संविधान संशोधनमार्फत उनीहरूको माग पूरा नभई स्थानीय निकायको निर्वाचन......