इन्डोनेसियामा शक्तिशाली भुकम्प

प्रकाशित मिति: January 10, 2017 4:22 pm

पुस २६, चीन – इन्डोनेसियाको सेलेवेस सामुद्रिक क्षेत्रलाई केन्द्रविन्दु बनाएर मङ्गलबार विहान २ बजेर १३ मिनेट जाँदा शक्तिशाली भुकम्प गएको चिनियाँ भुकम्प नेटवर्क केन्द्र (सिइएनसी)ले जनाएको छ ।
सिइएनसीका अनुसार विहीबार विहानै गएको भुकम्प ७.२ म्याग्निच्युडको भएको र भुकम्पको केन्द्रविन्दु ४.५३ डिग्री उत्तरी अक्षांश र १२२.६९ पूर्वी देशान्तर (इन्डा्नेसिया) मा परेको थियो ।
तर अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) केन्द्रले भने उक्त भूकम्पीय कम्पन ६.९ म्याग्नीच्युडको भएको जनाएको छ ।
भुकम्पबाट भएको क्षतिबारे समाचार मङ्गलबार समाचार तयार पार्दासम्म विस्तृत विवरण प्राप्त हुन सकेको छैन ।भुकम्पका कारण सुनामी आउनसक्ने विषयमा कुनै चेतावनी भने दिइएको छैन ।

सम्बन्धित शीर्षकहरु

योग, ध्यान, प्राकृतिक चिकित्साप्रति समुदायमा चेतना जगाउनुपर्छः मन्त्री कार्की

फागुन ११, काठमाडौँ– योग, ध्यान, प्राकृतिक चिकित्सा प्रणालीमार्फत बिरामीको सेवामा तल्लीन स्पार्क हेल्थ होम......

राजनीतिक दलसम्बन्धी विधेयक चाहियो : निर्वाचन आयोग

फागुन ११, काठमाडौँ– निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी विधेयक, २०७३ पारित गराउन आवश्यक व्यवस्था गर्न गृह......