रफसञ्जानीको अन्त्यष्ठीमा लाखौं इरानी सहभागी

प्रकाशित मिति: January 10, 2017 4:30 pm

पुस २६, इरान – इरानका पूर्व राष्ट्रपति अकवर हासेमी रफसाञ्जानीको मृत्युपछि शोक मनाइरहेका लाखौँ इरानी जनता उनको अन्त्येष्ठीमा उपस्थित भई उनप्रति श्रद्धाञ्जलि प्रकट गरेका छन् ।
रफसाञ्जानीको हृदयघातका कारण आइतबार निधन भएको थियो । उहाँ ८२ वर्षको थिए ।
तेहरान युनिभर्सिटी परिसरमा राखिएको शव वरपर इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीको नेतृत्वमा लाखौँ मानिस भेला भएका छन् । प्रार्थना सभाका अवसरमा खामेनीले आफ्नो भन्दा भिन्न विचार राख्ने सफसाञ्जानीको अन्तेष्ठी समारोहकाबीच इरानी पूर्व राष्ट्रपतिको इरानको इश्लामिक क्रान्ति र त्यसपछिका कामको प्रशंसा गर्दै उनको निधनबाट इरानले एक कर्म योद्धालाई गुमाएको बताए ।
रफसाञ्जानी इरानी राजनीतिमा क्रान्ति, धेर्य र प्रतिरोधका प्रतिक थिए ।
अन्त्येष्ठी प्रार्थनामा सर्वोच्च नेता खामेनीलाई राष्ट्रपति हसन रुहानी,इरानी संसदका सभामुख अलिलारिजानी र उहाँका भाई तथा न्यायापालिका प्रमुख आयोतोल्लाह सादेग लारिजानी लगायतका उच्च पदस्थ अधिकारले सघाएका छन् ।
प्रार्थनापछि पूर्वराष्ट्रपति रफसाञ्जानीको शवलाई सन् १९७९ इरानी क्रान्तिका शिर्षस्थ नेता आयोतोल्लाह रुहोल्लाह खोमेनीको शव राखिएकै शवकक्षमा अन्त्येष्ठी गरिने छ ।
उहाँको निधनपछि शोकमग्न बनेको इरानमा सरकारले तीन दिन राष्ट्रिय शोक र विदाको समेत घोषणा गरेको छ ।
सन् १९३४ मा जन्मनुभएका रफसाञ्जानी इरानका प्रभावशाली राजनीतिज्ञ, धार्मिक विद्धान, र इरानका संस्थापक नेता आयतोल्लाह रुहोल्लाह मुसाभी खोमेनीका विश्वासपात्र थिए ।
सन् १९८९ देखि १९९७ सम्म राष्ट्रपति भएका रफ्साञ्जानीले सन् १९७९ को इरानी क्रान्तिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो भने जीवनको उत्तराद्र्धमा उनलाई अनुदार कट्टरपन्थीहरुका लागि चुनौतीपूर्ण व्यक्तित्वका रुपमा लिइने गरिन्थ्यो ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif