पार्क विरोधी प्रदर्शनमा आत्मदाह प्रयास गर्ने भिक्षुको उपचारका क्रममा निधन

प्रकाशित मिति: January 10, 2017 4:39 pm

पुस २६, दक्षिण कोरिया – दक्षिण कोरियाली एक बौद्धभिक्षुले महाभियोग लगाइएका राष्ट्रपति पार्क ग्यून हे विरुद्धको सडक आन्दोलनका क्रममा शनिबार आत्मदाह गर्ने प्रयास गरेका बोद्ध भिक्षुका उपचारका क्रममा सोलस्थित एक अस्पतालमा निधन भएको छ ।
घाइते भिक्षुको सोमबार राति निधन भएको अस्पतालद्वारा मङ्गलबार जारी एक विज्ञप्तीमा जनाइएको छ ।
आत्मदाहप्रयासपछि बेहोस बनेका भिक्षुलाई सोल नेशनल युनिभर्सिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । उनको अनुहार र शरीरका अन्य केही भाग जलेको अवस्थामा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि भर्ना गरिएको थियो ।
आत्मदाह गर्न खोज्ने करिव ६० वर्षे भिक्षुको नाम सार्वजनिक भने गरिएको थिएन । एघारौँ हप्ताको पार्क विरोधी प्रदर्शनका क्रममा लाखौँ मानिसका बीचमा आत्मदाह प्रयास गर्ने भिक्षुले एक पत्र लेखी महाभियोग लगाइएका राष्ट्रपति पार्कलाई राष्ट्रघात गरेकोले उनलाई पक्राउ गर्न आग्रह गरेका योनह्याप न्यूज एजेन्सीले बताएको छ ।
पार्कमाथि पदीय मर्यादा विपरित कामगरेको भन्दै गत महिना संसद्ले महाभियोग लगाएको थियो ।

सम्बन्धित शीर्षकहरु

अझै सनाखत भएन भूकम्पमा ज्यान गुमाएका ३१ को शव

वैशाख १२, काठमाडौँ – त्रिभुवन विश्वविद्यालय फरेन्सिक मेडिसिन विभागले भूकम्पमा परी ज्यान गुमाएका मानिसको......

परराष्ट्रका आधा दर्जन अधिकारीलाई कारबाही सिफारिस

वैशाख १२, काठमाडौँ – बदनियतपूर्ण रूपमा टेन्डर स्वीकृत गरी सम्झौता गरेको भन्दै सार्वजनिक खरिद अनुगमन......

Displaying hari-om.gif