साउदी नेतृत्वको हवाई आक्रमणमा आठ विद्यार्थीको मृत्यु

प्रकाशित मिति: January 10, 2017 4:50 pm

पुस २६, यमन – मङ्गलबार साउदी नेतृत्वको गठबन्धन सेनाको हवाई आक्रमणमा परी यमनको राजधानी साना नजिकै कम्तिमा आठ जना विद्यार्थीको मृत्युभएको छ ।
साउदी नेतृत्वको युद्धक विमानबाट स्थानीय एक प्रारम्भिक विद्यालयमा आक्रमण भएको र पढ्न विद्यालयमा पुगेका आठ जना विद्यार्थीको निधन भएको स्थानीय वासिन्दा तथा उद्धारकर्मीले जनाएका छन् ।
घटनामा १५ जना विद्यार्थी गम्भीररुपमा घाइते भएका बताइएको छ । आक्रमणस्थल राजधानी सानाबाट २५ किलोमिटर उत्तरपूर्वमा रहेको नेहम जिल्लामा पर्छ ।
आक्रमणबाट भत्केको विद्यालय भवनको भग्नावशेषभित्र कैयौँ विद्यार्थी पुरिएको सूचनाका आधारमा उद्धारकार्य जारी राखिएका उद्धारकर्मीले जनाएका छन् ।

सम्बन्धित शीर्षकहरु

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

मंसिर ३, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको......

कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

मंसिर २, लमजुङ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने......

Displaying hari-om.gif