प्रज्ञा भवनमा पुस्तक प्रदर्शनी सुरु

प्रकाशित मिति: January 10, 2017 4:55 pm

पुस २६, काठमाडौँ–नेपाल प्रज्ञा–प्रतिष्ठानका विभिन्न प्रकाशनलाई प्रचार तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रज्ञा भवनमा आजदेखि पुस्तक प्रदर्शनी सुरु भएको छ । आगामी माघ १० गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा साहित्य, दर्शन, विभिन्न धार्मिक पुस्तक तथा स्मारिका, शब्दकोशलगायत राखिएका छन् । आदिकविका महत्वपूर्ण कृतिका साथै राजनीतिज्ञ, लेखकको समेत लोकप्रिय कृतिलाई अङ्ग्रेजीमा अनुवाद गरी राखिएको छ । ती कृतिको खरिद गर्दा कृति १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्थासमेत गरिएको छ । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रदर्शनीको उद्घाटन गर्दै लामो समयदेखि सो संस्थाले प्रकाशन गरेका विभिन्न कृति सर्वसाधारण पाठकसम्म पुर्याउनका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे। विगतमा प्रतिष्ठानले कृति छपाइ गर्दा विभिन्न समस्या आएको बताउँदै उहाँले अब चाँडै नयाँ प्रविधिमैत्री अत्याधुनिक प्रेस प्रयोगमा ल्याइने जानकारी गराए ।

सम्बन्धित शीर्षकहरु

सि.के राउतलाई फाँसी दे : अध्यक्ष पहारी

माघ ८, काठमाडौँ –युवा संघ नेपाल करापुटार नगर कमिटी लमजुङ द्वारा गरिएको आमसभामा युवासंघ नेपालका अध्यक्ष......

दश महिनाभित्र तीन वटै तहको निर्वाचनको मिति घोषणा गर : अध्यक्ष ओली

माघ ८, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अबको १० महिनाभित्र सरकारले तीन वटै तहको निर्वाचनको......