रुस्लान कप क्रिकेट : नेपाल पुलिसको जित

प्रकाशित मिति: January 10, 2017 6:20 pm

पुस २६,काठमाडौँ – दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।
पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार ग¥यो । पुलिसका ब्याट्सम्यान सुनील धमलाले सर्वाधिक ५४ रनको योगदान दिए ।
त्यस्तै, दिलीप नाथले २६ तथा कुशल भुर्तेलले नटआउट ३३ रन जोडे । एकसय ८४ रनको लक्ष्य पच्छ््याएको हिमालयन क्रिकेट एकेडेमी भने १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।
हिमालयनका लागि भुपेन्द्र थापाले ७३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

चारवटा मतपत्र बेग्लाबेग्लै रङ्गको व्यवस्था गर्नुस् : राजपा

असोज ८, काठमाडौँ – राष्ट्रिय जनता पार्टी नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको......

चाडबाडमा भरपर्दो सुविधा दिन आयोगको निर्देशन

असोज ८ काठमाडौँ -अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चाडपर्वमा जनतालाई सहज र सरलरुपमा सेवा उपलब्ध गराउन......

Displaying hari-om.gif