स्याङ्जाको कफी जापानमा

प्रकाशित मिति: January 11, 2017 8:17 am

पुस २७, स्याङ्जा – स्याङ्जामा उत्पादित कफी जापान निर्यात हुने क्रम बढेको छ ।
बिगतका बर्षमा १० टन कफी जापान निर्यात हुदै आएकोमा चालू बर्षमा १५ टन पुर्याउने लक्ष्य राखिएको छ ।
जापानमा कफी उत्पादन नहुने र अन्य मुलुकबाट आयातित कफीको तुलनामा नेपाली कफीको माग बढेपछि निर्यात बढ्ने भएको हो ।
कफी जापान निर्यात हुन थालेपछि कफी खेतीप्रति कृषकको आकर्षण बढ्दा उत्पादनमा समेत वृद्धि भएको छ ।
गत बर्ष झन्डै ४१ टन ड्राई पार्चमेन्ट कफी उत्पादन भएकोमा यस बर्ष उत्पादन वृद्धि भएर ५० टन पुग्ने भएको छ ।
फ्रेस चेरी २ सय टनबाट बढेर २ सय ५० टन पुग्ने जिल्ला कफी व्यवसायी संघले जनाएको खबर आजको कारोबारमा छ ।

सम्बन्धित शीर्षकहरु

ग्रामीण क्षेत्रमा लगानी बढाउनुहोस् : उपप्रधानमन्त्री महरा

माघ १०, काठमाडौँ – अर्थ मन्त्रालयले नेपाल औद्योगिक विकास निगम (नेपाल इन्डस्ट्रियल डेभलमेन्ट कर्पोरेसन) र......

राजनीतिक शून्यताबाट देशलाई जोगाउन तीन तहकै निर्वाचन : नेता नेपाल

माघ १०, पोखरा – नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक शून्यताबाट देशलाई जोगाउन अहिले तीन......