वर्षमा ६ महिना काम गरेर ४० मेगावाटको आयोजना

प्रकाशित मिति: January 11, 2017 8:38 am

पुस २७, दोलखा – अर्बौं लगानी गरेर जलविद्युत् आयोजना बनाउन दिन–रात नभनी काम गर्नुपर्छ । आयोजना समयमै सम्पन्न गरेर बैंकको ब्याज तिर्ने तथा लगानीको प्रतिफल समयमै लिने लोभ जो कोहीलाई हुन्छ । तर, दोलखामा एउटा यस्तो आयोजना छ जहाँ वर्षको ६ महिना पनि काम गर्न सकिँदैन ।
अत्यधिक चिसो र पानीका कारण हिउँद र वर्षामा कामै गर्न नसकिने क्षेत्रमा केही युवा मिलेर ४० मेगावाटको जलविद्युत् आयोजना बनाउँदैछन् । आयोजनाको हालसम्म ८० प्रतिशत काम पूरा भइसकेको छ ।
मार्बु गाविसको उच्च स्थानमा आयोजनामा निर्माणाधीन छ । आयोजनामा मंसिर लागेपछि सुरुङभित्र बाहेक बाहिरी सतहमा चिसोको कारण काम गर्न सकिँदैन । सुरुङभित्र तापक्रम पुग्ने भएकाले मेसिन जडान लगायतको काम जारी छ ।
आयोजनाको हेडवर्क्स(बाँध, इन्टेक, पानी थिग्य्राउने पोखरी) को काम गर्ने ठाउँमा मंसिरदेखि मध्यफागुनसम्म बाक्लो तुसारो र हिउँ जम्ने हुनाले काम गर्न सकिँदैन ।
आयोजनाको काम पाँच वर्षअघि सुरु भएको हो । काम सुरु गर्न आयोजनाको प्रवद्र्धक कम्पनी ग्रिनलाइफ इनर्जी प्रालिले भार्लेदेखि पावर हाउस कोप्लाङसम्म ३० किलोमिटर सडक आफैंले निर्माण गरेको छ । त्यहाँबाट सामान ढुवानीका लागि हेडवर्क्ससम्म रोपवे निर्माण गरेको छ । सरकारले निर्माण गर्न लागेको लादुक र सुरी जोड्ने तामाकोसी नदीमा पुलको काम ढिला भएपछि आफैंले बेलिब्रिज हालेको छ ।
आयोजनाले तामाकोसीसहित, गुरुम्फी, घट्टेखोला लगायत चार स्थानमा बेलिब्रिज हालेको छ । जसले स्थानीयलाई समेत आवतजावतमा सहज भएको छ । तर सरकारले आयोजनाको काम सुरु हुनुअगावै ठेक्का लगाएको भोर्लेमा तामाकोसीमाथिको पुल र घट्टे खोलाको पुल कहिले पूरा हुने अझै टुंगो समेत छैन । आजको कारोबारमा खबर छ ।

सम्बन्धित शीर्षकहरु

पार्टी छाडेका सबै एकतामा आउँछन् : अध्यक्ष दाहाल

भदौ ४, काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निकट भविश्यमा नै डा बाबुराम......

प्रहरी श्रीमती संघको योगदान महत्वपूर्ण : सभामुख घर्ती

भदौ ४, काठमाडौँ – सभामुख ओनसरी घर्तीले नेपाल प्रहरी श्रीमती संघले समाजसेवाको क्षेत्रमा गरेको योगदान......

Displaying hari-om.gif