तटबन्ध बनाउन ६१ करोड सहयोग

प्रकाशित मिति: January 11, 2017 5:27 pm

पुस २७, काठमाडौँ – भारत सरकारले कमला, बागमती र लालबकैया नदीमा तटबन्ध निर्माण गर्न रु ६१ करोड ९६ लाख ३० हजार प्रदान गरेको छ ।
सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीलाई नेपालका लागि भारतका राजदूत रणजित रायले उक्त राशिको चेक हस्तान्तरण गरे । सो अवसरमा मन्त्री गिरीले नेपाल भारत सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नदी व्यवस्थापनमा भारतबाट प्राप्त सहयोगको सराहना गरे ।
राजदूत रायले नेपालको विकास प्रयास र दैवीप्रकोप नियन्त्रणमा भारतको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

सम्बन्धित शीर्षकहरु

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

मंसिर ३, काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको......

कम्युनिष्टलाई भोट दिएर विकास रोक्न हुँदैन : नेता पौडेल

मंसिर २, लमजुङ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टलाई भोट दिएर विकास रोक्न नहुने......

Displaying hari-om.gif