पृथ्वीनारायण शाह नेपालका महान् पुत्र : डा. महत

प्रकाशित मिति: January 11, 2017 8:09 pm

पुस २७, काठमाडौँ – नेपाली काँग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महतले पृथ्वीनारायण शाह नेपालका महान् पुत्र भएको बताएका छन् ।
आज एकता दिवसको अवसर पारेर नागरिक समूहले आयोजना गरेका कार्यक्रममा उनले शाह जस्तो दूरदर्शी सोच र सबैलाई एकसाथ लिएर जाने कूटनीतिक नीतिले आजको नेपालको सिर्जना गरेको धारणा राखे ।
त्यो बेलाको नेपाल दक्षिण एसियाकै शक्तिशाली मुलुक भएको चर्चा गर्दै नेता महतले मुलुकलाई उन्नतिको दिशामा लैजान आर्थिक नीति सुधार गर्नुपर्नेमा जोड दिए । देशलाई एकतामा बाँधिराख्न जातजाति, भाषाभाषी, मधेस, पहाड र हिमाललाई टुक्र्याउन नहुने उनको भनाइ छ ।
नयाँ शक्ति नेपालका सदस्य सुनील खड्काले पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै राजनीतिक दलले विचारको एकीकरण गर्नु अहिलेको आवश्यकता भएको जिकिर गरे ।
देशलाई डुब्नबाट बचाउन युवा प्रत्यक्ष राजनीतिमा आउनुपर्ने उनको विचार थियो । नागरिक समूहका संयोजक निगम हुमागाईंले राज्यले आजको दिनमा सार्वजनकि बिदा नदिएर राष्ट्र निर्माताको अपमान गरेको आरोप लगाए ।

सम्बन्धित शीर्षकहरु

देजाभु सञ्चालक हिरासतमा, डिजे मार्समेलो फाइभ स्टारमा

मंसिर २९, काठमाडौं – प्रहरीले दरबारमार्गस्थित देजाभु क्लब तोडफोडका क्रममा पक्राउ परेकाहरूले ठगी......

पूर्वडिआइजी सिलवाललाई कारबाही गर्न सर्वोच्चको आदेश

मंसिर २९, काठमाडौं – सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बन्न पूर्वडिआईजी नवराज सिलवालले कार्यसम्पादन......

Displaying hari-om.gif