सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ : डा कोइराला

प्रकाशित मिति: January 11, 2017 8:11 pm

पुस २७, काठमाडौँ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्नका लागि राजनीतिक दल र कर्मचारी एकजुट हुनुपर्ने बताएका छन् ।
प्रशासन व्यवस्थापन र विकास केन्द्र (कामाद)ले यहाँ आज ‘आयोजना गरेको राजनीति र प्रशासनको अन्र्तसम्बन्ध एवम् यसको वर्तमान अवस्था’ विषयक अन्तक्र्रियामा डा कोइरालाले राजनीतिक दल र कर्मचारी एकजुट भएमात्र मुलुकको विकास सम्भव भएको बताए । उनले भने, “कर्मचारी र राजनीतिज्ञबीच मनमुटाव भयो भने विकास सम्भव छैन ।”
उनले ट्रेड युनियनका नाममा कर्मचारीको सरुवा गरेर पैसा लिने गरेको भन्दै यस्तो कार्यले कर्मचारीको कार्यक्षमताप्रति नकारात्मक सन्देश जाने स्पष्ट पारे ।
पूर्वसचिव विश्वप्रकाश पण्डितले बेलाबेलामा हुने सरकार परिवर्तनले कर्मचारीतन्त्रमा ठूलो प्रभाव पार्ने बताए । उनले भने, “कर्मचारीभित्र पनि पार्टीको गोप्य सदस्यता लिने संस्कृति बढेको छ यसलाई रोक्नु जरुरी छ ।”
पूर्वसचिव कृष्ण ज्ञवालीले कर्मचारीले राजनीतिक नगरे पनि मुलुकको राजनीतिक अवस्था बुझ्नुपर्ने बताए । उनले भने, “राजनीतिज्ञले नीतिनियम बनाए पनि कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएकाले राजनीतिक बुझ्नुपर्छ ।”
निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले राजनीतिज्ञले प्रशासन र प्रशासनले राजनीतिज्ञको भावनालाई बुझेर अगाडि बढेमात्र मुलुक विकासको बाटोमा पुग्ने बताए ।

सम्बन्धित शीर्षकहरु

सीमा विवाद रोक्न माग गर्दै सर्वोच्चमा रिट

माघ ९, काठमाडौँ – नेपालका तराई तथा भारतसँग जोडिएका पहाडी तथा हिमाली क्षेत्रमा देखिएका दशगजासम्बन्धी......

एमालेले टुङ्ग्यायो राष्ट्रियसभा उम्मेदवारको नामावली

माघ ९, भक्तपुर – नेकपा (एमाले)को स्थायी कमिटी बैठकले सातवटै प्रदेशका राष्ट्रियसभाका उमेदवारको नामावली......

Displaying hari-om.gif