सूचना प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्नु पर्दछ : मन्त्री कार्की

प्रकाशित मिति: January 11, 2017 8:20 pm

पुस २७, बनेपा – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सूचना प्रविधिलाई मुलुकको समग्र विकाससँग जोड्न नसकेको बताएका छन् ।
प्रविधि पत्रकार मञ्चले आज धुलिखेलमा आयोजना गरेको क्षमता अभिविृद्धसम्वन्धी कार्याशालामा उनले सूचना प्रविधि विज्ञान भएकाले त्यसलाई सनसनिपूर्ण समाचारका रुपमाभन्दा पनि ज्ञानवद्र्धक समाचारका रुपमा अभिव्यक्त गर्न पत्रकारलाई आग्रह गरे ।
मन्त्री कार्कीले मुलुकको ग्राहस्थ उत्पादन बढाउने विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले प्रभावकारी काम गर्न नसकेको उल्लेखगर्दै नेपाल दूरसञ्चार प्राधिकरण पैसा कमाउने काममा मात्रै लागेको गुणासो गरे ।
कृषि, पशुपालनलगायतका क्षेत्रमा उल्लेख्य काम हुन सकेको छैन, उनले भने –देशको विकास र समृद्धिका लागि सूचना प्रविधि क्षेत्रमा उल्लेखनीय काम गर्न सक्नुपर्दछ ।
नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आन्नदराज खनालले प्रविधिको विषयमा समाचारको खोजी बढेको उल्लेख गर्दै प्राधिकरणले पत्रकारसँगको सहकार्य जारी राख्ने विश्वास व्यक्त गरे ।
कार्याशालामा विभिन्न सञ्चारमाध्यमसँग आबद्ध २० पत्रकार सहभागी छन् । कार्यशाला दुई दिनसम्म चल्नेछ

सम्बन्धित शीर्षकहरु

निर्वाचन बहिष्कार गर्दैनौँ : उपाध्यक्ष त्रिपाठी

चैत १५, नेपालगन्ज – तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदेश त्रिपाठीले संविधान संशोधन......

‘नेपाल–चीनबीचका सम्झौता कार्यान्वयनोन्मुख’

चैत १५, काठमाडौंँ – प्रधानमन्त्री पुष्पकमल दाहालका परराष्ट्र मामिला सल्लाहकार डा ऋषि अधिकारीले......