निर्वाचन नहुँदा विकास निर्माणको काम अवरुद्ध : मन्त्री जोशी

प्रकाशित मिति: January 11, 2017 8:37 pm

पुस २७, पाल्पा – उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा लामो समयदेखि स्थानीय निकायको निर्वाचन नभएकाले विकास निर्माणको काममा बाधा पुगेको बताएका छन् ।
नेपाल प्रेस युनियन पाल्पाले आज रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने – सरकराले जतिसक्दो चाँडो निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेको छ ।
मन्त्री जोशीले “संविधान कार्यान्वयनका लागि पनि निर्वाचन अपरिहार्य भएकाले सरकारले केही दिनभित्रै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्छ भने ।”
बन्द भएका हेटौँडा कपडा उद्योग र नेपाल औषधि उद्योग कम्पनी लिमिटेड पुन ः सञ्चालनका लागि काम तीव्ररुपमा अघि बढेको उल्लेख गर्दै उनले अबको दश वर्षभित्र मुलुकमा ठूला उद्योगहरु स्थापना गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण मिलाउन सरकार लागि परेको बताए ।
मन्त्री जोशीले मुलुकको ठूलो युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएकाले अब रोजगारी स्वदेशमै सिर्जना गर्ने गरी औद्योगिक नीति ल्याउन लागेको जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु : नेम्बाङ

जेठ १६, पाँचथर – नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ । प्रेस......

“पुनः मतदान हुँदैन, मतगणना सुरु गर”

जेठ १६, चितवन – नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु......

Displaying hari-om.gif