सेवाग्राहीको काममा ढिलाइ नगर्न प्रधानन्यायाधीशको निर्देशन

प्रकाशित मिति: January 11, 2017 9:15 pm

पुस २७, खोटाङ – प्रधानन्यायाधीश सुशीला कार्कीले कानुनी उपचारका लागि अदालत आउने सेवाग्राहीको काममा ढिलाइ नगर्न न्यायाधीशहरुलाई निर्देशन दिएका छन् ।
खोटाङ जिल्ला अदालतको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उनले अदालतबाट न्याय पाउन लामो समयसम्म पर्खनुपर्दा जनतामा वितृष्णा सिर्जना हुने भएकाले न्याय सम्पादनमा तदारुकता देखाउन मातहतका न्यायाधीशलाई निर्देशन दिएका हुन् ।
“अदालतको फैसला लामो समयसम्म पर्खनुपर्दा खर्च समेत बढी हुन्छ” प्रधानन्यायाधीश कार्कीले भनीन् – “निमुखा, गरिब र पिछडिएका व्यक्तिले केही जाने सुनेका हुँदैनन्, त्यसैले उनीहरुको समस्यालाई पहिलो प्राथमिकतामा राखेर चित्तबुझ्दो काम गरिदिनुहोस् ।”
प्रधानन्यायाधीश कार्कीले न्यायपालिका भनेको सबैको आस्था र धरोहरको केन्द्र भएको उल्लेख गर्दै “न्यायपालिकामा पक्षपात हुनु हुँदैन, समयमा फैसला कार्यान्वयन हुन्छ, त्यो नै उच्च इन्साफ हो भने ।”
रु तीन करोड ८९ लाख ५२ हजारको लागतमा सो भवन निर्माण भएको जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

‘प्रशासन र चिकित्सक दुवै दोषी’

वैशाख १६, काठमाडौँ – मुस्ताङको कागबेनीमा यही वैशाख ९ गते तीर्थयात्री सवार गाडी दुर्घटनामा परी घाइते भएकाको......

निर्वाचनको विकल्प छैन : मन्त्री थापा

वैशाख १६, भक्तपुर – स्वास्थ्य मन्त्री गगनकुमार थापाले तोकिएको मितिमा स्थानीय निर्वाचन गर्नुको विकल्प......

Displaying hari-om.gif