“एमाले युवाको शरीरमा पानी होइन तातो रगत बग्छ” (भिडियाे)

गल्ती गर्दैनौ, डराउँदैनौँ

नवराज भण्डारी

प्रकाशित मिति: April 27, 2017 9:38 pm

काभ्रे – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अबको १५ दिन खटेमा एमालेले कम्तीमा ५ वर्ष सम्म देश तथा जनताको सेवा गर्ने बताएका छन् ।

युवासंघ नेपाल पाँचखाल कमिटी, अखिल नेपाल मजदुर संघ पाँचखाल कमिटी र अनेरास्वियु पाँचखालले संयुक्त रुपमा बिहीबार गरेको निर्वाचन परिचालन कमिटी गठन एवम् वृहत युवा भेलालाई सम्वोधन गर्दै उनले जेष्ठ नागरिकको सम्मान गर्ने एक मात्र पार्टी एमाले भएको र अबको १५ दिन एमालेका लागि खटेमा कम्तीमा पनि ५ वर्षसम्म देश र जनताको सेवा गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै महिला मुक्तिको कुरा गर्ने र प्रयोग गर्ने एकमात्र पार्टी एमाले भएको बताए । साथै उनले देश कृषिमुलक भएकाले कृषिमा आधुनिकीकरण गरेर देशलाई सम्मनुत बनाउनु पर्ने बताए । देशका युवाहरू दिनानुदिन विदेशिनु र अन्य देशमा गएर कृषिमुलक काम गर्नु देशका लागि लाजमर्दो कुरा भएको बताउँदै उनले युवालाई आधुनिक कृषिमा संलग्न गराउन प्रोत्साहन गर्ने बताए ।

देशको सम्मुन्नत विकासका लागि एमाले जे गर्न पनि तयार भएको र आफूले गल्ती नगर्ने र अरु कसैसँग पनि नडराउने बताउँदै उनले भने, “एमाले युवाको शरीरमा पानी होइन तातो रगत बग्छ, त्यसैले कसैले पनि एमालेलाई नलल्कारेकै राम्रो।”

सम्बन्धित शीर्षकहरु

सरकारले पशुपति शर्माको गीत बन्द गराएको भन्दै कांग्रेस रुष्ट

फागुन ५, काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर......

सोमबारदेखि पुनः वर्षा र हिमपात दोहोरिने

काठमाडौँ, ५ फागुन – पश्चिमी वायुको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिक बदली भई पूर्वी र पश्चिमी......