नियति !

प्रकाशित मिति: June 13, 2017 10:31 am

– राजु काफ्ले (बयरघारी)
रमेश… ! रमेश … !!
न्यूरोडको भिडमा कसले कसलाई र किन बोलायो मलाई मतलव थिएन । म आफ्नै धुनमा हिंडिरहें । त्यो आवाज रोकिएन ।
फेरि, ए रमेश… ! रमेश… !! भनेर बोलाईएको आवाजले मलाई रोकिन बाध्य तुल्यायो । त्यो आवाज कसैले मेरै लागि छोडेको हुनुपर्छ ।
म रोकिए । चौतर्फि आँखा डुलाए । झण्डै–झण्डै चिनेको जस्तो लाग्ने एउटा अनुहार म नजिकै आयो । अनुमान लगाएँ । हल्का नीलो रंगको सलवारमा टिमिक्क परेकी स्कुले साथी अनु रहिछे । परिवर्तनको केहिपनि छेकछन्दै नभएको हँसिलो, पुष्ट अनुहार, उहि चमक, आकर्षक जिउडाल, चिम्सा र लोभिला आँखा, हँसिलो र फुर्तिलो लाग्ने अनु । तर समय क्रमसँगै अनुहारमा भने थोरै परिवर्तन आएको रहेछ । उनी निरास र गम्भीर मुन्द्रामा थिइन् ।
अनु तिमी ! कस्तो संजोग राजधानीको भब्य र ब्यस्त सहरमा पनि सजिलै चिन्यौ ? तिम्रो स्मरण शक्ति त मान्नै पर्छ बा … । मलाई त अलि समय लाग्यो तिमीलाई चिन्न । तिमीले कसरी… ?
“मैले तिमीलाई नचिन्ने ! यो पनि सम्भव छ र ? तिमी जुन सुकै दुनियाँमा जाऊ, जुन सुकै पहिरन लगाउँ, जुनसुकै परिवेशमा रहौ, म तिमीलाई जस्तो सुकै स्थितीमा पनि चिन्न सक्छु ।” अझैँ अनुले थप्दै भनिन् “सायद थाहा नहोला तिमीलाई जीवनमा मैले पहिलो पल्ट कसैलाई मन पराएको थिएँ । त्यो तिमी नै थियौ बुझ्यौ, रमेश ।”
उ अल्ली सहज हुन खोज्दै सल मिलाउँदै भनिन् ।
म सोचमा परेँ ।
अनुले के भन्दै छिन ? म अच्चममा परेँ । उनले पहिलो प्रेम भन्छिन् । मेरै साथी रुद्रसँग प्रेम विवाह गरेकी थिइन् । जन्ती आफैँ गएको थिएँ । माया–प्रेम गर्दा देखिको सबै परिवेश मलाई राम्ररी स्मरण छ । अझ स्मरणीय कुरा त के भने अनुको लागि रुद्रले पठाएको पहिलो प्रेम–पत्र मैले नै लेखिदिएको थिए । अनुलाई यो कुरा थाहा नहुन पनि सक्छ ।
अनुका कुरा सुनेर मलाई कुतुहलता जागेर आयो । कतै बसेर चिया खाँदै गफ गर्न मन लाग्यो ।
तिमीसँग केही समय छ ? मैले चियाको अफर गर्दै भने ।
अवश्य ! आई अलरेडि प्रीपियर्ड फर टी उइथ यु, मिस्टर रमेश ! मनकै कुरा पत्ता लगायौ तिमीले, अनुले भनिन् ।
हामी मौन हिडिरहेका छौं । यो मौनतामा अनुको मनमा तिक्त, विरक्त र निशब्दता घुमीरहेको होला । मेरो मनले पनि उनले तेर्याएका अनेकन् प्रश्नका उत्तरहरु खोजीरहेका छन् ।
अनुसँग मेरो केही सम्बन्ध छैन, केवल साथी मात्र । मैले उनलाई कहिल्यै प्रेमको भावले हेरेकै थिइन् तर पनि उनलाई भेट्दाको आनन्दले चरमोत्तकर्षमा पुर्याएको छ । उनीसँग मात्र हैन, उनको लोग्ने रुद्रसँग अझ प्रगाड सम्बन्ध छ । समयले यति टाडा पुर्यायोकी उसलाई नभेटेको पनि वर्षौ भइसकेको थियो ।
अनुको प्रेमको कुराले मेरो मनमा उत्साह र कुतुहल जागेको थियो । हामी काठमाडौं महल भित्रको क्याफेमा छि¥यौँ र कफि अर्डर गरेर गफिन थाल्यौ ।
“म तिम्रो पहिलो प्रेमी रे अनु !?! कुरा अलि स्पस्ट भएन नि । यो कसरी सम्भव छ ? तिमीले त उदेक लाग्दो कुरा ग¥यौ, मैले बुझ्न सकिन । खासमा कुरा के हो ?” मैले सोधेँ ।
हो ! तिमी मेरो पहिलो प्रेमी थियौ । त्यस बेला मैले तिमीलाई माया गर्छु भन्न सकिन । जुन बेला स्कुलको बार्षिक कार्यक्रममा तिमी रत्नासँग नाचेका थियौ, त्यसदिन मैले प्रेमको आभाष पाएँ । म तिमीप्रति कत्तिको आशक्त भईसकेको रहेछु र त्योबेला देखि भने मैले तिमीलाई मन पराउन थालेकी खुलेरै महसुस गरेँ ।
तिमी उसँग नाच्दा मलाई एक प्रकारको नरमाइलो महसुस भएको थियो । मन असजिलो भएको थियो । अझ सबै साथीभाइहरुले तिम्रो र रत्नाको नाँचकोे तारिफ गर्दा म रिसले चुर–चुर भएको थिएँ । जब रत्नाको ठाउँमा मैले आफुलाई राखें त्यसपछि मलाई एकदमै आनन्द महसुस भयो र म आनन्दित, प्रफुल्लीत भएँ । तिमी उसँग नाच्यौ तर म भने तिमी र मसँगै नाचिरहेको मनमनै कल्पना गर्न थालेँ ।
आफ्नै घमण्डले मलाई चिर्थोछ भन्ने मैले अनुमान लगाउन सकिनँ । केवल कल्पनामा नै रमाउन थाले । त्यसैले मैले तिमी विनाको जीवन सोच्न सकिँन तर उमेरको जोश, घमण्ड र ईश्र्याले गर्दा तिमीलाई म माया गर्छु भन्न पनि सकिनँ । तिमीसँग सामिप्यता बढाउन एउटा माध्यम खोजेँ । त्यो रुद्र थियो । जो तिम्रै नजिकको साथी थियो । मैले उसलाई मन पराएको नाटक गर्दै तिमीलाई अपनाउन खोजेको थिए तर समयले तिमीसँग नजिक हुन दिएन । बरु रुद्रसँगै सामिप्यता बढ्न थाल्यो । अन्ततः स्कुलको पढाई सकिएसँगै रुद्रसँग बिहाबारी गरेँ, जसको साक्षी तिमी पनि थियौै ।
विवाहपछि थाहा पाए रुद्रले पठाएकोे प्रेम–पत्र तिमीले नै लेखिदिएका रहेछाँै । त्यसपछि मैले आनन्दको महसुस गरेँ । रमेशले रुद्रको लागि यस्तो पे्रमील–पत्र लेखेको रहेछ । त्यो पत्र रमेशको नामबाट ममा सिधैँ आएको भए सायद मेरो सपना पुरा हुन्थ्यो । परिवेश अर्कै बन्थ्यो । सम्झेर स्वप्नील आनन्दमा परेँ तर यथार्थ अर्कै थियो, तर पनि विष्मयचाँहि भईन ।
थाहा छ रमेश, त्यस पछिका दिनहरु मेरा कसरी बिते ? त्यती कष्ट र पीडा पूर्णजिवन त शत्रुको पनि नहोस् । अनुले रुन्चे स्वरमा भनी ।
म अक्क न वक्क भए । के भएछ अनुलाई ? मेरो मनमा पीडा र उत्सुकता मडारिएर आए । मैले सोधेँ अनु तिम्रो घटना बताउन सक्छौं ?
कफिको चुस्की फिका भयो । चिनी कडा भएको कफि पुनः थप गर्ने निधो गरें । पसलेसँग कफि मगाए । त्यस पछि के भयो अनु ? अनुलाई उदेल्न थालेँ ।
त्यसपछि अनुले अनुहार मलिनो पार्दै आफ्ना भोगाईहरु भन्न थालिन् ।
हाम्रो वैवाहिक जीवन राम्रै चलेको थियो । परिवार सुखी र खुशी नै थियो । सानै देखि ससुरालाई मुटुको ब्यथा लागेको भएपनि अरु सामान्य नै थियो । अस्पतालमा चेकअप गराउन लगिँदै थियो । नियमीत चेकचाँचको क्रममा डाक्टरले फेरी नयाँ रोग लागेको कुरा बतायो । ब्रेनमा मासु पलाएको छ र छिटो भन्दा छिटो अप्रेसन गर्नुपर्छ भन्ने सल्लाह दियो । डाक्टरको सल्लाहअनुसार उहाँको दिल्लीमा लगि उपचार गरियो । अप्रेसनबाट उठ्न नपाउँदै उहाँ ढल्नुभो, त्यसपछि उहाँ कहिल्यै उठ्नुभएन । उहाँसँगै हामी पनि आर्थिक रुपमा ढल्यौ । उपचारको क्रममा भएको जाएजेथा सबै सकियो । जीवन जीउने आधार केहि भएन । खान लगाउन पनि समस्या प¥यो । स्वदेशमा काम पाइएन, वैदेशिक रोजगारीको विकल्प बाहेक अन्य उपाए केही भएन । अन्तत रोजगारीको लागि खाडिमुलुक गयो, रुद्र । कम्पनीले भनेको जस्तो काम र पैसा नदिएपछि त्यो कम्पनीबाट भागेर अर्काे कम्पनीमा काम गर्न थाल्यो । त्यसपछिको उसको विदेश बसाई गैरकानुनी भयो । पैसा राम्रै कमायो, बेलाबेलामा फोनमा गफ हुने र पैसा पठाउने गर्दै थियो । ४ वर्ष सम्म लुकेर काम गरेपछि स्थानीय प्रहरी (बल्दीया)ले छापामार्ने क्रममा उसलाई समायो बिना इजाजत बसेको भन्दै जेल चलान गर्यो । विनाकसुर रुद्र अहिले दुबइको जेलमा दिन काटिरहेको छ । स्वदेशमा उसलाई फर्काउनका लागि धेरै पहल गरें कसैले केहि पहल गरिदिएकोे छैन । यहाँको सरकारले त्यहाँको सरकारलाई पत्र लेखिदियो भने यो रमदानमा कैदिहरुलाई दिने आम माफिमा उसलाई पनि पार्न सकिन्छ रे भन्ने सुनेको छु । तर यहाँको सरकारसम्म पुग्ने माध्यम भएन । रमदानमा कैदिलाई दिने आम माफि पाईन्छ की ।!

क्रमशः … !

नियति–२ !

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif