कथा : नियति–२ !

प्रकाशित मिति: June 29, 2017 8:22 pm

– राजु काफ्ले (बयरघारी)

अनुको कुराले मेरो मन अमिलो भयो । कफी पनि टर्रो लाग्न थाल्यो । म अलिक भावूक भएँ । मलाई एकाएक तलतल लागेर आयो । मैलै चुरोट सल्काई । अनुको पिडालाई आत्मसाथ गर्दै उनलाई वेदना व्यक्त गर्न वातावरण बनाई दिएँ । मैले तत्कालै केही गर्न नसके पनि अनुको मन हलुको बनाउनु ध्येय बन्यो ।
साँचै भन्नु पर्दा अनु रस निचोरेको सुन्तलाजस्ती भएकी थिइन् । मानिसलाई जब पिडा पर्दोरहेछ, खहरे खोलाले वस्तुहरु बगाएझैँ गरि पिडाले पनि बैशलाई बगाएर उजाड बनाउँदो रहेछ । साँचै अनु त्यति नै उजाड देखिन्थीन् । आफ्नो पिडालाई उनले आफ्नै मनमा दवाएर राखेकी थिइन् । आफ्ना वेदनाहरू कसैलाई पोख्न नपाउँदा होस् हराएकी जस्तै भएकी थिइन् । बल्ल बल्ल मनका पिडा पख्ने अवसर पाएकी अनुले लगातार मसामु आफ्नो पीडाहरू पोखीरहेकी थिइन् ।
संसार विचित्रको छ, अनुको जीवनमा त्यतिको भवितब्य आइलाग्छन् भनेर मैले कहिल्यै सोचेको थिईन ।
अनुले घटना क्रमहरुलाई क्रमसँगै भन्न थालिन्–
रुद्र जेल परेपछि मेरो जीवन तहस–नहस भयो । रुद्रले जेल पर्नु पूर्व ऋण तिर भनेर जेठाजु पर्ने गाउँले आफन्तलाई केही पैसा पठाउने गथ्र्यो । तर जेठाजुले थोरै रकम मात्रै मलाई दिए । अरु उनले नै झ्वाम पारे ।
गाउँमा रेमिट्यान्सको सुविधा थिएन । रेमिट्यान्स कार्यालय गाउँबाट टाढा थियो । सहजता र विश्वासको आधारमा रुद्रले उनको नाउँमा पैसा पठाउँथ्यो । उनले केही समयपछि घरमै पैसा ल्याइथे । विस्तारै उनले पैसा आफैं भोगचलन गर्नथाले ।
रुद्रले जेठाजुलाई पैसा घरमा दियौ त ? भनी खोजिनीति गथ्र्यो होला । त्यही भएर पनि होला रुद्रले पैसाको बारेमा त्यति धेरै मसँग कुरा गर्दैन्थ्यो । जेठाजु रुद्रको विश्वासीला पात्र थिए । उनले अप्ठ्यारो परेको बेलामा हामीलाई धेरै सहयोग पनि गरेका थिए ।
रूद्र दुबहीमा लुकेर काम गर्नथाले । एकदिन खर्च कम गरी छिटो भन्दा छिटो ऋणबाट मुक्त हुने हामीबीच कुराकानी भयो । त्यसपछि फोन वार्ता कम हुन थाल्यो ।
जब श्रीमान श्रीमतीको विचमा कुनै तेस्रो व्यक्ति अर्तिउपदेश दिन आउँछ भने त्यसबेला श्रीमान् श्रीमतीबीच केही सामान्य मनमुटाब अवश्य हुन्छ । यस अवस्थामा एक अर्कालाई बुझ्ने कोसिस गर्नुपर्छ । यो एक अर्कालाई बुझ्ने राम्रो अवसर पनि हो । अर्कालाई विश्वास गरेको कारण रुद्रसँग मेरो केही मन मुटाव हुनपुग्यो ।
तर मैले आफ्नो तर्फबाट रुद्रलाई स्पष्टिकरण पनि दिएँ । रुद्र मेरो कुरामा सहमत पनि भयो । महिनौ वित्यौ रुद्रले पठाएको पैसा हातमा परेन । मैले जेठाजुलाई पैसाको बारेमा पटक पटक कुरा पनि गर्थे । उनले अनेक बहाना लगाउँथे । रुद्रले पैसा पठाएको छैन भन्थे ।
कहिलेकाँहि म जेठाजुको साथ लागेर हाट बजार जाने गर्थे । एकदिन उनले मलाई रेमिटान्सको कार्यालय पनि देखाए । त्यसबेला उनले रेमिटान्सबाट पैसा पनि निकाले तर त्यो पैसा रुद्रले पठाएको हैन भन्ने सङ्केत गरे ।
जेठाजुलाई गाउँलेहरुले पनि पढेलेखेका मानिस भन्थे । जेठाजुसँगै बजार गएको, बोलेको देख्ने गाउँलेहरुले शंका–उपशंका गरी भए नभएका कुरा घरमा सासुआमालाई सुनाइ दिन थाले । विचरी सासुआमा गाउँलेका कुरालाई नकार्न पनि सक्दिनथिन् । रुद्रलाई पनि कसैले यो कुरा सुनाउँन भ्याएछ । यसकारण हाम्रो सम्बन्धमा केही दरार उत्पन्न हुन पुग्यो ।
सुरुसुरुमा गाउँलेको कुरालाई रुद्रले सामान्य रुपमै लिएको थियो, पटक–पटक गाउँलेहरुले यो विषयलाई रुद्र सामु दलिल पेश गरैझैँगरी सुनाइ रहे, त्यसपछि रूद्र अचानक परिवर्तन भयो । उसँग मेरो खटपट झन चर्कन थाल्यो ।
गाउँलेहरुले यस्ता नकारात्मक मात्र कुरा गर्दा रहेछन् । अचानक ममा गाउँले परिवेश र समाजलाई हेर्ने दृष्टीकोणमा परिवर्तन आयो ।
अहिले तिमीलाई नै पनि लाग्न सक्छ यति छिटै चियाको अफर कसरी स्वीकारी अनुले ? छोटै बसाइँमा यस्ता घरायसी कुराहरु किन धेरै वर्षपछि भेट भएको साथीसँग भनेकी होली ? तिमी पनि सोच्न बाध्य भएको होलाउँ ।
तिमिले यस्तो कुरा सोच्नु सही हो किनकी तिमी अलौकीक दुनियाँको मानिस होइनौँ । मेरै स्कुले साथी हौँ । तिमी पनि यही सामाजिक परिवेसमा बाँचेको मान्छे । जुन परिवेशमा म पनि अहिलेसम्म बाँचेकी छु ।
हेर रमेश !
हरेक मान्छेलाई आफ्नो दुखःसुख बाँड्न साथिसङ्गी चाहिन्छ । सुख र दुःख एक आपसमा बाढ्नाले मन हलुको हुँदोरहेछ । मलाई पनि मन शान्त पार्ने एउटा माध्यम चाहिएको थियो, तिमी नै उपयुक्त लाग्यो । मनमा गुम्सिएका कुन्ठाहरुलाई कुनै माध्यमद्वारा बाहिर निकाल्नु पर्दोरहेछ । यसका लागि पनि बाटो चाहिन्छ । तिमिसँग कुरा गर्नु अर्को विकल्प भनेको रुद्रको भ्रमलाई तिमीले सजिलै चिर्न सक्छौँ । रुद्र पनि एकदिन त पक्कै घर फर्कन्छ । त्यतिबेला रुद्रको भ्रम चिर्न सकिएन भने अन्यथा मजस्तो समाजले एक्लो पारिएको मानिसहरु बहुलाउन र आत्महत्या गर्नुको कुनै विकल्प हुँदैन ।
साँचै भनौ रमेश, आज म यति धेरै खुशी भएकी छु । यसको बर्णन गरेर साध्य छैन । जुन खुशी हामीले सानो उमेरमा मात्र प्राप्त गरेका थियौँ । मान्छेको जीवनमा सानो बेलाका यस्तो साथीहरु हुन्छन्, जोसँग बिना स्वार्थ खुलेर आफ्ना जीवनका सारा उतरचढावका कुराहरु पोख्न सक्छन् । एकाँक्की रुपमा बाँचिरहेको जिवनलाई निर्वाद र खुल्ला परिवेशमा बल्न सक्दछन् । जीवनको सुख र दुःखसँग मात्र सम्वन्ध छैन । अनिरुद्र स्वतन्त्रसँग पनि घनिष्ट सम्बन्ध छ । मेरा जकडिएरका कुण्ठालाई भयरहित स्वतन्त्र वातावरणमा तिमीसँग कुरा गर्न पाउँदा प्रफुल्लित र आनन्दित जीवन सञ्चालन गरेकी कल्पना पनि गरिरहेकी छु ।
अनुले अझ केही समय बस्ने विचार गरिन् । उनको खुशी केही समय अझै जीवितै राख्नका लागि भए पनि मैले अनुलाई सोधेँ, “भोक लाग्यो केही खानेकुरा खाने कि ?”
“हुन्छ केही खाऊँ मेरो मनकै कुरा भन्यौ । ?”, अनुले भनी ।
“तिमी जे भन्छौँ त्यही खाने कुरा खाने ।”, भन्दै मैले मेनु मगाएँ ।
बेटरले केही बेरमा मेनु लिएर आयो ।
अनुले मेनुमा सरसर्ति आँखा डुलाई र सोधी, “मःम कस्तो लाग्छ ? मःम खाउँ ?”
मैले मःम अर्डर गरेँ ।
अनु पुनः पुरानै लयमा फर्किन् ।
कसैकसैले गाउँका मानिसहरु रुढीवादी हुन्छन् भनेर गिल्ला गर्थे । त्यसबेला मलाई उनीहरुसँग रिस उठ्थ्यो । साँचै समाज सङ्किर्ण र साँघुरो हुँदोरहेछ । मलाई परेपछि मात्र बल्ल थाहा भयो । गाउँका केही मानिसहरुले यस्तो काल्पनिक परिवेश बनाएर दलिल पेश गर्थे, उनीहरुले भनेको साँच्चै हो भन्ने भान पार्थे । यस्ता कुरा गर्नेहरू सासुआमाका विश्वासिला पात्र थिए । सासुआमाले पनि उनीहरुको कुरा पत्याएकी थिइन् । अन्यथा उनीहरुसँग अ‍ैचोपैंचो नै बन्द हुने स्थिती पैदा हुन्थ्यो ।
रुद्रलाई जेल परेपछि घरमा आयस्रोत पूर्णरुपले बन्द भयो । साहूँले पनि पैसा माग्न थाले । त्यसपछि म महिला स्वयंसेवीकाको जागीर सुरु गरेँ । मलाई त्यो जागीर स्कुले हाम्रो साथी दिपक छ नि ! उसले नै लगाई दिएको थियो । जागीरको सिलसिलामा घरभन्दा बढी बहिरै समय वित्न थाल्यो ।
त्यसपछि त झन् सासुआमालाई कुरालगाउने क्रम बढ्न ह्वातै बढ्यो । सासुआमालाई बाघ कराउनु र बाख्रो हराउनुउस्तै भयो । उहाँले मलाई घरबाट निस्कन कडा गर्नथाल्नु भयो । अब त गाउँघरमा मेरो नाम दिपकसँग जोडेर आउन थाल्यो । घर त रणभूमीमा परिणत भयो । बुढी भएकी सासुआमालाई छोडेर हिँड्न पनि सक्दिन थिएँ । दुःख र सुखमा सँगै बाँच्ने कसम खाएर आफूँ खुशी विवहा गरेको रुद्रलाई त झन् कसरी छाड्न सकिन्छ ? रमेश, अब म पागल जस्तै भइसकेकी छु । समयको नियति यस्तै रहेछ ।
म यति स्वार्थी भएकी छु कि तिम्रो कुरा सुन्ने र बुझ्ने चेष्टै राख्न सकिनँ । म ठूलो दलदलमा फँसेकी छु । रमेश मलाई सहयोग गर् । निस्वार्थ भावनाका साथीहरुबाटै समस्याको समाधान पाउँन सक्छु भन्ने आस लिएकी छु । अब रुद्रलाई कसरी स्वदेश फर्काउने ?
अनुले यसरी भूमिका बाँधि कि ! उनले यतिसम्म आश राखिन् कि मैले रुद्रलाई नेपाल फर्काउने पहल कदमी नचाली सुखै पाइनँ । जुन मेरो कतब्र्य पनि थियो ।
रुद्र ! मेरो सबैभन्दा मिल्ने साथी थियो । हामीबीच कुनै गोप्यता नै थिएन् । मैले लेखेको चिट्ठीकै कारण तिमीहरूबीच बिहाबारी भएको थियो । साथीलाई परेको दुःख कसरी सहन सकिन्छ ।
मैले अनुलाई सहानुभूति प्रकट गर्दै आइतबार श्रम मन्त्रालयमा कार्यरत हिरालाल दाजुलाई भेट्ने र रुद्रको बारेमा पहल गर्ने योजना बनाएँ । हिरालाल दाजु मेरो हितैषि साथी हुन् । उनी मेरो कुराले प्रफूल्ल भइनँ र मन्द मन्द मुस्कुराइ रहिन् ।

याे पनि पढ्नु हाेस्…..

स्मृतीमा आमा…

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif