“म”को महिमा

प्रकाशित मिति: July 6, 2017 6:03 pm

– बसन्त अर्याल
                                                      मैं खाउँ मैं लाउँ सुख सयल वा मोज म गरुँ
                                                        मैं बाँचु मैं नाचुँअ रु सब मरुन् दुर्बलहरु
आज“म”को महागान लेख्ने इच्छा जाग्यो । आखिर त्यो म नै हुँ, सधैं त, त्यो, उ, उसको, तिनको, तिनीहरुको बद्ख्वाई उडाउने । आज आफ्नै “म”लाई अध्ययनगर्दा बोराकाबोरा खराबीका पोकानिस्किए । अरुको आङको भैसी देख्ने मेरा आँखा मेरै आङको जुम्राखोज्दा, डाइनासोरस फेला परो ।“म” सँधै अरुलाई सत्तोनसराप गर्ने प्राणी, कहिल्यै मभित्र पसेको रहेनछु । “म”र मेरो गल्ती यो दुनियाँमा नहुने सोच्ने “म”, आफूलाई नजोगाईकन मेरो अध्ययन“म”आफैंले गर्दा“म”भित्रभित्रै कुहिएको फर्सी जस्तो रहेछु । फलानु र ढिस्कानु यस्तो र उस्तो भनेर आफूलाई पानीमाथिको ओभानो सोच्ने “म”दुराचरणको फोहोर पानीमा डुबेको होइन, ढाडिइसकेको रहेछु । “म” कस्तो रहेछु ?

समाजमा मेरो मपाइत्व अचम्मको छ । “म”अरुलाई सहयोग गर्न जान्दिन, तर“म”सहयोग चाहन्छु । अरुको सुखमा खुसी हुन आउँदैन मलाई, तर “म”आफ्नो जयमा दुनियाँको जयजयकार चाहन्छु । म अरुको सफलतामा नानाथरि अड्कल काटेर बस्छु, तर मेरो सफलतामा अरुको गड्गडाहट ताली चाहन्छु । “म”अरुलाई बोलाएर एक छाक खुवाउन सम्झिन्न, तर अरुकोमा गएर भुँडी फुट्ने गरी खाएर उसैको निन्दागर्न “म”चुक्दिनँ । लाउड स्पिकरमा फुल भोलुममा अंग्रेजीगीत घन्काउने मै हुँ । तर छिमेकैमा विहानै भागवत सप्ताहको मन्त्रोच्चारण हुँदामलाई डिस्टर्ब हुन्छ । आहा“म”, कस्तो राम्रो “म” ।

सार्वजनिक ठाउँमा पनि मेरो मपाइत्वकम छैन । “म” पसलबाट चुरोट किनेर सार्वजनिक ठाउँमा पत्यौल धुवाँ उडाउँदै हिड्छु किनकी“म” मै हुँ, त्यसो गर्दा “म”आफूलाई सिनेमाको हिरो सम्झन्छु, “म”आफूलाई डन सम्झन्छु, मेरो पुरुषार्थ एक खिल्ली चुरोट बाटोमा उडाउँदै हिँड्दामा झल्किन्छ । तर “म” सोच्दिन मेरो चुरोटको धुवाँले दुनियाँलाई कस्तो असर परेको छ । “म” पराग खान्छु, म सुर्ती खान्छु, “म”चकलेट खान्छु, “म”चाउचाउ, विस्कुट खान्छु, त्यसको प्याकेट, त्यसको खोल निसन्देह सडकमा मिल्काइदिन्छु । अनिअलि पर एउटा मदिरा पसलमा छिरेर यो देश कहिल्यै सुध्रेन, जताजतै फोहोर छ, सरकार के हेरेर बसेको छ भन्छु, त्यो पनि मदिराको वेहोसीमा । वास्तवमै “म”कतिमहान छु । मेरो महानताको कदर “म”आफैंमात्रगर्न सक्छु होला ।

सडकमा मेरो मपाईत्व अझ गजबको छ । कसैले मलाई बाटोमा हे¥यो भने त्यो मेरो लागि अपमान हुन्छ । किनकी“म” टोलको भुस्याहा गुण्डा पो हुँ । फेरि मलाई बाटो जामभएको मन पर्दैन, त्यति नै खेर मैले ट्राफिक प्रहरीको खिल्ली उडाइसकेको हुन्छु । तर आफ्नै घर अगाडिको बाटो पेलेर पर्खाल लाएको छु । बाटो सानो छ, तर “म” बाटो फराकिलो पार्न दिन्न । मेरो बाइकको आवाजकुनै हेलिकप्टर भन्दा कमको छैन, मोडिफाई गराएर टोल हल्लाउने क्षमता मेरो बाइकको बनाएको छु । तर हाम्रो देशको ट्राफिक नियम ने काम छैन भन्दै भट्टीमाकुर्लिने मैं हुँ एक नम्बरमा ।
मेरो चतु¥याईकुनै कागको भन्दाकम छैन फेरि । घुस ख्वाएर भएपनि मेरो काम“म” समयमै लिप्टाउँछु । अनि म आफैंभट्टीमा यो देश भ्रष्टाचारले सकेको भनेर नैतिक भाषण दिइरहेको हुन्छु । त्यो पनि बेहोसी मै । सरकारी भनेपछि मलाई केही मन पर्दैन जागरि बाहेक । सरकारी धारो भाँच्दिन मन लाग्छु, सरकारी गाडी फुटाइदिन मन लाग्छु, आगै लगाइदिन मन लाग्छ, सरकारी स्कूलको स्तर मसँगमिल्दैन, तर सरकारी जागिर एउटा भइदिएहुन्थ्यो भनेर घुसै ख्वाउँछु । वास्तवमै “म”जति बाठो कोही छैन ।

मेरो साथीविदेश गयो, मलाई निजानु छ । मलाई बुवासँग पैसा छ छैनसँग कुनै सरोकार हुँदैन । मेरो भविष्यको खोक्रो दुहाइदिँदै बुबामाथि आर्थिक प्रेसर थुपार्न “म” पछि पर्दिन तर १ पैसा निकाल्न सक्ने क्षमता मसँगहुँदैन । मेरो दिनचर्या गल्लीमा चुरोट उडाउँदै जान्छ, त्यो पनि आमासँग पैसा मागेर । सानेतिनो मोबाइल बोक्नमलाई लाज लाग्छ, आईफोन चाहिन्छ, तर ब्यालेन्स हाल्ने पैसा आमासँग माग्नुपर्छ । वास्तवमै मेरो परिवारप्रतिको जिम्मेवारी उच्च छ, महान छु ।
तर पनि“म”आफ्नो आङको डाइनासोरस देख्दिन, अरुको आङको जुम्राखोज्दै जीवन सकिन्छ । सायद त्यहिभएर राम्रो “म”भनिएको होला ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif