जबर्जस्ती गर्न पाइन्छ ?

प्रकाशित मिति: July 9, 2017 10:36 am

– नबिन पोखरेल
प्रधानमन्त्रिज्यूको निवास (बुढानिलकण्ठ) छेउछाउमा छिमेकी भएर बसोवास गरेको एक दशक पुरा भएर अर्को आधा दशकले नेटो काट्ने बेला भैसकेको छ । देशको हबीगत नियाल्ने मेरा साना आँखाले चियाउँदै गर्दा देशमा थुप्रै जबर्जस्ति भएका छन् ।
आज मलाई धेरै खुशी लागेको छ । प्रधानमन्त्रीज्यूले जबर्जस्ती गर्न हुन्न भन्ने कुरा राम्रो ख्याल गर्नु भएको रहेछ ।

आदरणीय प्रधानमन्त्रीज्यू यो भनाइ मैले निकै सामाजिक सञ्जालमा छाएको अनि हंगामा नै भएको पाए । मैले मात्र होइन हजुरले पानि अवश्य पाउनु भएको छ ।
गोर्खाल्यान्डमा जबर्जस्ति , खाने रासनमा जबर्जस्ती , अस्पतालमा , प्रशासनमा अझै जबर्जस्ती ,यातायातमा एकथरि भाडा छैन त्यही जबर्जस्ती, भोकमा जबर्जस्ती, शोकमा जबर्जस्ती, रोगमा जबर्जस्ती
प्रम ज्यु जबर्जस्ती त यहाँ छयाप्पछ्याप्ती पो रहेछन ।
हजुरलाइ राम्रो थाहा छ जबर्जस्ती गर्न हुन्न भनेर । सर्वोच्च शक्तिको गरिमामय पदमा रहदै गर्दा यहाले देशमा हुने गरेको सिमा अतिक्रमण, जीवनमरणको दोसाँधमा उभिएका जनताका आशा , बर्तमान शक्तिका पहरेदार युवाका सम्भावाना , श्रामिक वर्गको यथार्थता माथि कहिले जबर्जस्ती हुन नदिनुहोस ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif