७४ वर्षिया महिलाले गरिन् बाच्छोसँग विवाह

प्रकाशित मिति: July 24, 2017 1:07 pm

एजेन्सी – कम्बोडियाको कारकेटी प्रान्तकी ७४ वर्षिया किम हेङ नामकी महिलाले मृत पतिको दोस्रो रुप भन्दै पाँच महिनाको गाईको बाच्छोसँग विवाह गरेकी छिन् ।

कुल जनसंख्याको ९५ प्रतिशत मानिसहरू बौद्ध धर्मावली रहेको कम्बोडियाका अधिकांश जनताहरूले मृत्यु पश्चात् पुर्नजन्ममा विश्वास गर्ने गरेको पाइन्छ ।

गत वर्षको मार्चमा किमका पतिको मृत्यु भएको थियो । पाँच महिना अगाडि जन्मिएको उक्त बाच्छोको बानी व्यवहार उनका मृत पतिसँग मिल्दोजुल्दो भएका कारण बाच्छो उनको पतिको अर्काे रूप भएको दाबी उनको छ ।

उनले बाच्छोलाई आफूसँगै बिछ्यौनामा सुताउने गरेकी छिन् । हाल सामाजिक सञ्जालमा उनी र बाच्छोको तस्बिर भाइरल बनेको छ । उनी लगायत उनका सन्तानले समेत बाच्छोको स्याहारमा विशेष ध्यान दिने गरेको पाइन्छ । पुरा जीवन नै बाच्छोको हेरचाहमा बिताउने किमको चाहना रहेको छ ।
उनका छोराछोरीले पनि उक्त बाच्छोलाई पिताको रूपमा लिदै सम्मानजनक व्यवहार देखाउने गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif