धार्मिक मार्गमा सफाइ कार्य शुरु

प्रकाशित मिति: August 13, 2017 2:14 pm

साउन २९ । गोसाइँकुण्डको धार्मिक मार्गमा सफाइ कार्य शुरु गरिएको छ ।

समाजसेवी एवं रेडपाण्डा होटल चन्दनबारीका प्रबन्ध निर्देशक सुब्बा लामाका अनुसार धुन्चेको त्रिशूली नदीदेखि गोसाइँकुण्डसम्मकै स्थानमा सरसफाइ कार्य शुरु गरिएको हो ।

धार्मिक मार्गका प्रायः जसो ठाउँमा रेडबुल फ्रुटीका बट्टा, प्लास्टिक झोला, पुराना चप्पलजस्ता फोहर वस्तु यत्रतत्र छरिएको देखिएकाले सफाई कार्य थालिएको हो । यो कार्य सम्पन्न गर्न १५ दिन लाग्ने बताइएको छ ।

गोसाइँकुण्ड धार्मिक मार्गमा १७ होटल रहेकाले आगामी दिन सरसफाइको काममा सबैलाई सरिक गराउन व्यवसायीबीच गोलाप्रथा गरिने र प्रत्येक होटलवाला सहभागी गराइने प्रबन्ध निर्देशक सुब्बा लामाले बताएका छन् ।

यस्तै, धार्मिक यात्रुको बाह्रै महिना आगमन भइरहने गोसाइँकुण्ड मार्गको सरसफाइ अभियानमा सहयोग गर्न चाहने व्यक्ति वा सङ्घसंस्थालाई पनि सहभागी गराइने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif