राष्ट्रिय महिला भलिबल प्रतियोगितामा एपिएफ प्रथम

प्रकाशित मिति: August 24, 2017 8:18 pm

भदौ ८, पोखरा – पोखरा–लेखनाथ महानगरपालिका– १९ लामाचौरमा सञ्चालित रेडबुल राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरी बलका एपिएफ टोली प्रथम भएको छ ।

नव आदर्श सामुदायिक विकास समाजको २१औँ वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगिताको आज भएको अन्तिम खेलमा सशस्त्र प्रहरी बलको एपिएफले न्यू डायमण्ड एकेडेमीलाई २५–१८, २५–१८ र २५–१२ ९३–०० ले पराजित गरेको थियो।

प्रथम भएसँगै एपिएफले नगद रु ७५ हजार १०१ सँगै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै द्वितीय भएको न्यू डायमण्ड एकेडेमीले नगद रु ५० हजार १०१ तथा ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ।

यस्तै नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घलाई २५–१८, २५–१९, २२–२५ र २५–२२ (३–१) ले पराजित गरी तेस्रो भएको छ भने पश्चिमाञ्चल भलिबल सङ्घ चौथो भएको छ। प्रतियोगितामा तेस्रो हुने टोलीले रु २० हजार तथा चौथो हुने टोलीले रु १५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले विजयी टोलीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए।

गत मंगलबारदेखि शुरु भएको सो प्रतियोगितामा पाँच टोलीको सहभागिता रहेको छ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif