प्रबासी नेपाली मन्च बहराइनबाट बाढिपीडीतका लागि आर्थिक सहयोग

प्रकाशित मिति: August 25, 2017 4:27 pm

बहराइन – मुलुकमा बाढी र पहिरो ले उथलपुथल बनाइएको बेला नेपालमा मात्र नभएर बिदेश बस्ने नेपालीले पनि उत्तिकै सहयोग र दुख साटासाट गरेका छन।

यस अघि पनि भएका विभिन्न प्राकृतिक प्रकोपमा साथ दिदै आएका बिदेश बसाइँका क्रममा रहेका नेपालीहरुले एस पटक पनि उत्तिकै सहयोग,साथ र हौसला प्रदान गरेका छन। त्यही मध्यबाट राजनीतिक आस्था राख्ने संघसंगठनले पनि उत्तिकै प्रभावकारी भुमिका निभाएका छन जस मध्य खाडी मुलुकमा अग्र स्थानमा देखिएको नेकपा एमालेको वैदेशिक सङठन प्रबासी नेपाली मन्च ले विभिन्न देशहरूबाट सहयोग जुटाएको छ।

बहराइनमा अवस्थित प्रबासी नेपाली मन्च बहराइनले एक लाख चालीस हजार रकम बाढी तथा पहिरो पीडितका सहयोग जुटाएको छ। सो एक लाख चालीस हजार दुई भागमा बिभाजन गरि नेपाल पठाइएको छ । नेकपा एमाले राहत कोष ,कृषि बिकास बैंक कालिमाटी काठमाडौ को खाता न ०२१०३००१६५९९६०१८ मा एक लाख र चालीस हजार न्युज २४ को जनता बैंकमा रहेको राहत कोष को खाता न ००३००२०४६०७४१०१ पठाइएको प्रबासी नेपाली मन्च बहराइनका अध्यक्ष शालिग्राम पन्तले जानकारी दिए

यो रकम अन्य राजनीतिक संगठन भन्दा बढी हो। मुलुकलाई आइपर्नु आफ्नै पीडा भएको भन्दै अध्यक्ष पन्तले कुनै पनि प्राकृतिक वा अन्य बिपद मा प्रबासी नेपाली मन्च बहराइनको सदैव साथ रहने बताए । सहयोग गर्ने मा प्रबासी नेपाली मन्च बहराइनमा आबद्ध र नेकपा एमालेका सुभचिन्तक रहेका छन् । जसमा राजु पहारी, हरि कुमार श्रेष्ठ, दुर्गा गिरि, बेद राज पौडेल, थोमस कुलुङ, मोहन चौहान, दिल थापा, राजु भट्टराई, भिम कुवर , एस के थापा, शिव शङ्खर आचार्य, शालिग्राम पन्त, कमला बोहरा, शोभित थापा, शुधिर श्रेष्ठ, बिरेन्द्र बुढाथोकी, सुस्मिता रन्जित, शुशिला गेलाल, निमा शेर्पा, बिजय गिरि, सोम राज कान्दवाङ प्रकाश लामीछाने, राम कुमार राई, मुक्त रिजाल, खुसिधिन मोहम्मद, दिप मोक्तान, कमल रत्न, कमल पन्थ, सुर्य आचार्य, डिल्ली प्रसाद सुबेदि सन्त कुमार न्यौपाने, मदन कुमार बिष्ट, खगेन्द्र ढकाल, नरेश मगर ,जितेन जि, राज सुवेदी, सुर्य गुरुङ, टिकाराम भण्डारी, धामिमन बुढा मगर, रमेश बराल,  ज्ञान बहादुर मगर, लक्ष्मण भट्टराई, रोज खान, दिनेश गौतम, राज कुमार बस्नेत, मनोज पौडेल, युब राज प्याकुरेल, जय लामा दोङ, राज कुमार रायमाझीबाट सो रकम प्राप्त भएको मन्चका कोषध्यक्ष हरि कुमार श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif