बंगलादेशलाई हराउँदै नेपाल फाईनलमा

प्रकाशित मिति: August 25, 2017 6:01 pm

काठमाडौँ – बंगलादेशलाई पराजित गर्दै नेपाल पहिलो संस्करणको साफ अन्डर १५ च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गर्‍यो ।
खेलको पाँचौ मिनेटमा नेपाललाई अग्रता दिलाएका आकाश बुढा मगरले ३० औ मिनेटमा व्यक्तीगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २–० को अग्रता दिलाएका थिए । ६४ औ मिनेटमा बंगलादेशले एक आत्मघाती गोलको उपहार दिएको थियो । ३–० ले पछि परेको स्थितिमा बंगलादेशले एक मिनेटभित्र लगातार दुई गोल गरेपछि नेपाली किशोर केही दवावमा आएका थिए । नेपालको कमजोर डिफेन्सको फाईदा उठाउदै बंगलादेशका फोएसलले २ गोल गरेपछि खेल ३–२ को स्थितिमा आएको थियो । आक्रामक खेलको इन्जुरी समयको अन्तिम मिनेटमा नेपालले थप गोल गरेपछि फाईनल यात्रा सुनिश्चित गर्‍यो ।
नेपालले उपाधिका लागि भारतसंग आइतवार प्रतिस्पर्धा गर्नेछ । आजै भएको अर्को खेलमा भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै भारतले फाईनलमा स्थान बनाएको हो ।

सम्बन्धित शीर्षकहरु

सहमतिपछि डा केसीको अनशन तोडियो

कात्तिक १, काठमाडौँ – सरकारसँग १० बुँदे सहमतिपछि प्रा डा गोविन्द केसीले १४ दिनदेखिको अनशन बुधबार अन्त्य......

निर्वाचनले देशको भाग्य र भविष्य निर्धारण गर्छ : नेता अधिकारी

कात्तिक १, पोखरा – नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको......

Displaying hari-om.gif