सुवर्णको जीवन सार्वजनिक

प्रकाशित मिति: August 30, 2017 1:19 pm

पेशाले ग्राफिक डिजाइनर सुवर्ण हुमागाइँको “जीवन” पहिलो उपन्यास हो । उनले दुई सय भन्दा बढी अरुको पुस्तक डिजाईन गरेता पनि “जीवन” उनको पहिलो उपन्यास हो । मंगलबार राजाधानिमा आयोजित कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद गगन थापा, प्राध्यापक डा. विद्यानाथ कोइराला, मानवशास्त्री विहारीकृष्ण श्रेष्ठ र लेखक सुवर्णले संयुक्त रूपमा उपन्यास सार्वजनिक गरे।

पुर्वमन्त्री थापाले वास्तविक जीवनमा लेखक निडर भए जस्तै पुस्तकमा पनि उनले निडरपना देखाएको दाबी गरे।
मानवशास्त्री बिहारीकृष्णले पुस्तकमा प्रयोग गरिएको आत्माराम र शान्तिरामको चरित्रले समग्र पुस्तकलाई समेटेको बताए। अर्का टिप्पणीकार प्रा. डा. कोइरालाले पुस्तकले पाठकका लागि दर्शन, सामाजिक उपन्यास वा वकालत के हो भन्ने कुरा प्रष्ट्याउने बताए ।

लेखक सुवर्णले पुस्तक परहितका लागि लेखिएको बताउँदै आफूले अक्षरमार्फत समाजको पीडा लेखेको बताए । उनले पुस्तक लेखनमा सहयोग गर्ने राजु बयरघारी र उमेश काफ्लेलाई  बिशेष धन्यवाद पनि दिए । पुस्तक फ्रान्सिस्को भरेला इनिष्टिच्युटले प्रकाशन गरेको हो ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif