कक्षा १२ को रिजल्ट सार्वजनिक, यसरी हेर्न सकिन्छ

प्रकाशित मिति: August 31, 2017 5:08 pm

काठमाडौं – गत बैशाख १० गते भएको कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण वोर्डका अनुसार १२ कक्षाको नियमित तर्फ ४८.७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमित तर्फ परीक्षामा संलग्न एक लाख ७५ हजार ५ सय ९३ मध्ये ८४ हजार ५ सय ९३ विद्यार्थी उत्तीण भएका छन् । आंशिक तर्फ एक लाख २३ हजार १ सय २१ ले परीक्षा दिएकोमा ४८ हजार ७ सय ३६ जना उत्तिर्ण भएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/ वा https://www.ntc.net.np/बाट पनि नतिजा हेर्न सकिनेछ ।

सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif