सहयोगको पर्खाइमा भक्तपुर औद्योगिक क्षेत्र

प्रकाशित मिति: September 5, 2017 3:06 pm

भदौ २० नगरकोट – सरकारले प्रत्येक प्रदेशमा एउटा सुविधा सम्पन्न औद्योगिक क्षेत्र स्थापना गर्ने योजना अघि सारिरहेको अवस्थामा उपत्यकामै रहेको भक्तपुर औद्योगिक क्षेत्र समस्यमै समस्याबाट ग्रसित बनेको छ ।

उपत्यकामा रहेका तीनवटा औद्योगिक क्षेत्रमध्ये सानो भक्तपुर औद्योगिक क्षेत्रमा नयाँ उद्योग सञ्चालनका लागि ठाउँ अभावदेखि ढल निकास र भौतिक संरचना मर्मतलगायतका पर्याप्त पूर्वाधार नहुँदा समस्या भएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

औद्योगिक क्षेत्र ७१ रोपनी क्षेत्रफलमा फैलिए पनि उद्योगलाई भने ५८ रोपनी जग्गा मात्रै भाडामा दिएको छ । भक्तपुर औद्योगिक क्षेत्रभित्र नेपाली कागजको हस्तकला, काष्ठकला र धातुकलाका परम्परागत एवं मौलिक वस्तु उत्पादन गर्नेसँगै पस्मिना, दुग्धपदार्थ, कपडालगायतका ३६ उद्योग सञ्चालनमा छन् ।

बर्जर ब्राण्डको अन्तरराष्ट्रिय रङ उत्पादन गर्ने उद्योगसमेत यही औद्योगिक क्षेत्रभित्र छन । तर भौतिक संरचना जीर्ण बन्दै गएका छन् । यी संरचनाको अझै मर्मत हुन सकेको छैन । मर्मतका लागि आवश्यक बजेट अभाव रहेको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत जीवनारायण बन्जाडेले बताउनुभयो । अहिले औद्योगिक क्षेत्रभित्र दैनिक तीन÷चार घण्टासम्म विद्युत्भार कटौती हुने गरेको छ ।

औद्योगिक क्षेत्रलाई विद्युत्भार कटौती मुक्त क्षेत्र घोषणा गर्नुपर्ने उद्योगी रामप्रसाद प्रजापतिले बताए । उनले देश विद्युत्भार कटौती मुक्त भइसकेको अवस्थामा भक्तपुर औद्योगिक क्षेत्र विद्युत्भार कटौती मुक्त हुन नसक्नुले उद्योगीको लागत बढ्नुका साथै व्यवसायी दोहोरो मारमा परेको बताएका छन् ।

भक्तपुर औद्योगिक क्षेत्रमा जग्गा अभाव देखिएको कारण यहाँ व्यवसाय गर्न इच्छुक व्यक्तिले नयाँ उद्योग स्थापना गर्न सकेका छैनन् । कार्यालयका अनुसार नयाँ उद्योग स्थापनाका लागि जग्गा अपुग भएको छ । करिब ७१ रोपनी क्षेत्रफलमा फैलिएको सो औद्योगिक क्षेत्रमा ठाउँको अभाव हुँदा औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग सञ्चालन गर्न समस्या भएको छ ।

भक्तपुर नगरपालिकाले पनि सो औद्योगिक क्षेत्रको विकास र यहाँ थप उद्योग स्थापनाका लागि सहयोग गर्न नसकेको व्यवसायीको गुनासो छ । उनीहरुका अनुसार नगरपालिकाले वार्षिक प्रतिउद्योग रु ४५ हजार कर असुली गर्दै आएको छ । तर नगरपालिकाले अहिलेसम्म उद्योगभित्रको फोहर व्यवस्थापनभन्दा अरु विकासका कुनै काम गर्न चासो देखाएको छैन ।

कार्यालयका अनुसार औद्यागिक क्षेत्रभित्र उद्योग सञ्चालन गरेबापत व्यवसायीले वार्षिकरूपमा जग्गाको बहाल प्रतिरोपनी रु १० हजार ९७६ र भवन बहाल प्रतिमहिना प्रतिवर्ग फिट रु ३०० तिर्दै आएका छन् । सस्तो बहाल र औद्योगिक क्षेत्रभित्र रहेकाले सुरक्षाको दृष्टिले पनि अधिकांश नयाँ उद्योगी व्यवसायी यही आउन चाहे पनि ठाउँको अभावका रहेको छ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif