अफगानिस्तानमा आइएसका १८ लडाकू मारिए

प्रकाशित मिति: September 7, 2017 10:16 pm

भदौ २२, काबुल – अफगानिस्तानको फर्याब प्रान्तमा अफगान सेनाले गरेको कारबाहीमा परी कम्तीमा १८ जना लडाकू मारिएको समाचार छ ।

मारिएकामा आइएस संगठन आवद्ध लडाकू परेका प्राप्त समाचारमा जनाइएको छ । सो क्षेत्रमा आइएसका क्रियाकलाप बढ्दो रुपमा रहेको पाइएको सूचनाका आधारमा अफगान सेनाले कारबाही थालेको थियो ।

बिहीबार बिहान गरिएको उक्त कारबाहीका क्रममा ती लडाकू मारिएको अफगानिस्तानको गृह मन्त्रालयले जानकारी दिएको छ ।

कैयौँ विस्फोटक पदार्थ निष्क्रिय

यसैबीच प्राप्त एक अर्को समाचारमा गत २४ घण्टामा अफगान सैनिकले गरेको सैन्य कारबाहीमा ९० वटा बारुदी सुरुङ्ग र विस्फोट पदार्थ निष्क्रिय पारिएको अफागान गृह मन्त्रालययले बिहीबार जनाएको छ ।

अफगान राष्ट्रिय सैनिकको एक समूहले गत २४ घण्टाभित्र अफगानिस्तानमा गरेको कारबाहीमा बारुदी सुरुङ्ग, सडककिनारमा राखिएका बमलगायतका ९० वटा विस्फोटक पदार्थ निष्क्रिय पारिएको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वको कारण यस बर्षको सुरुदेखि छ महिनाभित्र एक हजार ६६० व्यक्तिको मृत्यु हुनुको साथै तीन हजार ५८० व्यक्ति घाइते भएका अमेरिकाको लागि संयुक्त राष्ट्रसंघीय मिसनले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif