पोखराको सस्तो बजारमा शंकास्पद वस्तु फेला

प्रकाशित मिति: September 11, 2017 10:46 am

भदौ २६, पोखरा – लेखनाथ महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ ।

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जमिनमा एक व्यवसायीले ठेक्कामा लिएर सटर निर्माण शुरु गरेका र त्यस ठाउँमा एका बिहानै झोलामा पोको पारेर राखिएको शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए ।

उन्का अनुसार शंकास्पद वस्तुलाई निष्कृय बनाउन नेपाली सेनाको एक टोली त्यस ठाउँमा पुगेर अनुसन्धान गरिरहेको छ ।

एक महिनाअघि त्यस ठाउँमा रहेका २१७ जना व्यापारीलाई हटाएर खाली गरी अहिले ठेक्कामा लिएका ठेकेदार धमाधम नयाँ सटर बनाउँदै गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif