सुन तस्करका नाईके गाउँपालिकाका अध्यक्ष

प्रकाशित मिति: September 12, 2017 12:52 pm

भदौ २७, काठमाडौँ – भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे ।

उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए । २० दिन विदा लिएरु बसेका पौडलेको मोवाईल अहिले स्विच अफ छ ।

पौडेल विदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो प्रहरीले बरामद गरेको १५ किलो सुन । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुले सुन तस्करका नाईके पौडेल रहेको बयान दिएलगत्तै उनी विदामा बसेर सम्पर्कविहिन भए । पौडेल अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ । आजको नागरिकमा यो खबर छ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif