गायक कृष्ण काफ्लेको दशैँ गीत “आयो दशै आयो” सार्वजनिक (भिडियो)

प्रकाशित मिति: September 12, 2017 7:27 pm

काठमाडौँ – गीतकार अम्बिका गुरुङको यसपालीको दशै गीत “आयो दशै आयो चारै तीर खुशीयाली ल्यायो” को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतकार गुरुङ पछिल्लो समय अमेरिकामा रहेर नेपाली गीतसंगीतमा अहोरात्र लागि परेकी छन् । उनको अहिले सम्म करिब ६० भन्दा बढी गीत बजारमा आइसकेका छन । दशै कोसेली भने पहिलो हो । गुरुङले दशै तिहार लगत्तै अहिले सम्म आएका गीतको कलेक्सन एल्बम निकाल्ने तयारीमा रहेको बताएकी छन ।

कृष्ण काफ्लेको स्वरमा रहेको यस दशै गीतमा संगीत पुरुषोत्तम न्यौपानेको र संगीत संयोजन मोहित मुनालको रहेको छ । शान थापाको निर्देशनमा बनेको भिडियोको सम्पादन सुप्रिम पराजुलीको र छायाङ्कन अर्जुन तिवारीको टिमले गरेको हो । भिडियोमा कृष्ण, बर्षा, बिकास र दिपिकाको अभिनय देख्न सक्नु हुनेछ ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif