नायक प्रदिप खड्का चार जना बडिगार्डको फन्दामा (भिडियो)

प्रकाशित मिति: September 13, 2017 1:04 am

काठमाडौँ – चक्लेटी हिरोको उपमा पाएका प्रदिप खड्का अभिनित “लिली बिली” निर्माण हुने भएको छ । राजाधानीमा आयोजित एक कार्यक्रमका बिच उक्त चलचित्रको घोषणा भएको हो । प्रदीपको अपोजिटमा दुई नव नायिका जसिता गुरुङ र रेविका गुरुङलाई देख्न सकिने छ । मिलन चाम्सको निर्देशन रहने यस चलचित्रमा अभिनेता अनुपबिक्रम शाहीको पनि मुख्य भूमिका रहनेछ ।

काफिया फिल्मस्, सुदिप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त निर्माण रहने यस चलचित्रको लगानी भने साढे दुई करोड रहने छ । कमेडी लभ स्टोरी जनराको फिल्ममा छायांकार र संगीतकार भने तय हुंन बाँकी छन् । फिल्मको सम्पूर्ण छायाँकन युकेको स्कटल्याण्ड, ईङल्याण्ड र लण्नमा हुनेछ भने छायाँकन भने तिहार पछी हुनेछ ।

चलचित्र लिलि बिलीको मंगलवार आयोजित कार्यक्रममा नायक खड्का चार जना बढीगार्ड सहित उपस्थित भएका थिए । नव नायिकालाई समेत दुई दुई जना बडीगार्ड उपलब्ध गराइएकोमा निर्देशक चाम्सले कलाकारको सम्मान, अनुशासन र परिपाटी बसाल्न यसो गरिएको बताए । लिलि बिली चैत ३० गतेदेखि प्रदर्शनमा आउने समेत सो कार्यक्रममा जानकारी दिईयो ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif