यूवराजको आँखा भित्र सार्वजनिक (भिडियाे)

प्रकाशित मिति: September 13, 2017 8:12 am

काठमाडौं – नेपाली चलचित्रमा पाश्र्व गायन गाएर दर्शक तथा स्रोताको मन जितिसकेका गायक युवराज चौलागाईं सुगम संगीतमा आधारित आधुनिक गीतमा पनि उत्तिकै स्थापित भैसकेका छन् ।

चलचित्रको गायनमा आउनुअघि नै सुगम संगीतका गीत गाइसकेका गायक चौलागाईंले यतिबेला स्रोता तथा दर्शकमाझ एउटा कर्णप्रिय गीत तयार पारेका छन् । आफ्नै संगीत तथा स्वरको ‘आँखा भित्र…’ गीतमार्फत गायक चौलागाईं दर्शकमाझ आएका हुन् । उक्त गीतको म्युजिक भिडियो गायक चौलागाईंले आफ्नै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरेका छन् । गीतमा दिपिका रिमाल थापाका शब्दहरु समावेश छन् । संगीतकार राजन ईशानले यो गीतलाई संगीत संयोजन गरेका हुन् ।

भूषण दाहालद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा गायक चौलागाईं आफैं प्रमुख भूमिकामा प्रस्तुत भएका छन् । छोराको बुवाको भूमिकामा प्रस्तुत भएका गायक चौलागाईंले मार्मिक अभिनय गरेका छन् । गायिका अनुष्का पाठकले गायक चौलागाईंकी श्रीमती तथा बाल कलाकार कुशाग्र भट्टराईले उनहरुको छोराको भूमिका निर्वाह गरेका छन् ।

गोदावरी भिलेज रिसोर्टमा छायांकन गरिएको उक्त भिडियोका छायांकार धीरजजंग शाह हुन् भने भरत रेग्मीले उक्त भिडियो सम्पादन गरेका हुन् ।
यस्तो छ उक्त गीतको म्युजिक भिडियो

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif