समृृद्ध मधेश बनाउने आफ्नो एजेण्डा : संयोजक डा भट्टराई

प्रकाशित मिति: September 13, 2017 3:05 pm

भदौ २८, लहान – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेशलाई समृद्ध र मधेशीलाई सम्मानित बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

तेस्रो चरणको स्थानीय निर्वाचन प्रचारप्रसारको क्रममा सिरहा आइपुग्नु भएका संयोजक डा भट्टराईले बुधबार आयोजित सभालाई सम्बोधन गर्नुहुँदै हिमाल, पहाड र तराईलाई जोडेर राष्ट्रिय एकतालाई समृृद्ध बनाउने आफ्नो लक्ष्य भएको बताए । मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउन आफू लागिपरेको उनको भनाइ थियो ।

‘हामी जे बोल्छौँ, त्यही गार्छौँ, उनले भने– “हामी काँग्रेस, एमालेका नेता जस्तो बोल्ने एउटा, गर्ने अर्को होइनौँ, जे बोल्छौँ, त्यो गरेरै छाड्छौँ ।”

मुलुकको विकास र समृद्धिका लागि नयाँ सोचका साथ नयाँ शक्ति निर्माण भएकाले आफ्नो पार्टीले चुनाव जित्न सके मात्र नेपाली जनताको सपना सकार हुने उनको भनाइ थियो ।

सम्बन्धित शीर्षकहरु

भक्तपुरमा माइक्रोबस दुर्घटना, ८ जना घाइते

असोज ९, भक्तपुर – सूर्यविनायक नगरपालिका–२ बालकोटबाट यात्रु बोकेर कलंकीतर्फ जाँदै गरेको माइक्रोबस सोमबार......

शिक्षा ऐन नवौं संशोधनको प्रमाणीकरण रोक्न नेता ओलीलाई ज्ञापन

असोज ९, भक्तपुर – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बहुमत र अल्पमतको बेवास्ता गर्दै संसद्मा टेबुल......

Displaying hari-om.gif